महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ।
न्यायधीश राजेन्द्र सिंह भण्डारीको एकल इजलासले बिहिबार पत्रकार भण्डारलाई गाली बेइज्जतीको मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद, १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा तथ्यहीन रुपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण बिष्टले पत्रकार भण्डारीविरुद्ध मुद्दा दायर गरेका थिए।

पत्रकार भण्डारीलाई गाली बेइज्जतीको कसुरमा १ महिना कैदका साथै १० हजार जरिवाना र १ लाख क्षतिपूर्ति तिराउनेको फैसला भएको कन्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए।
अदालतको फैसलालाई सम्मान गर्दै फैसलाविरुद्ध तत्काल माथिल्लो अदालतमा जाने तयारी सुरु गरेको पत्रकार भण्डारीले बताउनुभयो । उहाँले निर्मलाको न्यायको लडाइँ जीवनभर लड्ने घोषणा गरेको समेत स्मरण गराएका छन्।
१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी बालिका निर्मला पन्त भोलिपल्ट घर नजिकै उखुबारीमा मृत भेटिएकी थिइन्। निर्मला हत्या घटनाका दोषी अहिलेसम्म पहिचान हुन सकेका छैनन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।