निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी
महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरणमा किरण विष्टले मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारीविरुद्ध दिएको गाली–गलौज तथा बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले एक महिना कैद, जरिवाना र क्षतिपूर्तिको फैसला गरेपछि भण्डारीले उक्त अभिव्यक्ति दिएका हुन् ।
उनले जिल्ला अदालत कञ्चनपुरले आफूविरुद्ध गरेको फैसला स्वागतयोग्य रहेको विचार राख्दै सामाजिक सञ्जाल फेसबुकमा उक्त फैसलाले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको उल्लेख गरेका छन् । ‘म यो फैसलालाई निर्मला प्रकरणको कोशेढुंगा मान्छु किनभने अब निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको छ। फैसला शीरोधार्य गर्छु। जिल्ला अदालतले अहिलेसम्म तत्कालिन एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टले मेराविरुद्ध हालेको मुद्दा अलमल गर्दै आइरहेको थि...














