Advertisement

ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

महेन्द्रनगर – चैत २० गतेदेखि चरणबद्ध आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै आएको महासंघ बिहीबार साँझ महासंघका सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको थियो ।
सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराईको टोली सहभागी थियो । ५ बजेदेखि सुरु भएको वार्ता करिब डेढ घण्टा चलेको थियो । महासंघबाट नेतृव गरेर गएकी पराजुलीले छलफल सकारात्मक भएको र आफ्नो धारणा राखेको बताउनुभयो । ‘महासंघले विगतमा भएको सहमतिको कार्यनयन गर्दै ऐन जारी गर्न भनेको छ । विशेष अधिवेशन, बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट ल्याउने वातावरण बनाउन भन्यौं । मन्त्रालय गम्भीर भएको पाइयो,’ पराजुलीले भन्नुभयो ।
तीन ठूला दलका शीर्ष नेता, सभामुखसहितको बैठक राखेर टुंगो लगाउन पनि महासंघले भनेको छ । मन्त्रालयले ऐनको विषयमा छलफलका लागि सहयोग गर्न महासंघलाई भनेको छ । ‘हामी ऐनको भित्री विषयमा छलफल गर्न तयार छौं । त्यसअघि ऐन जारी गर्ने सुनिश्चित वातावरण बनाउन भनेका छौं,’ सहअध्यक्ष पराजुलीले भन्नुभयो , ‘कतिपय मन्त्रालयले कतिपय मन्त्रिपरिषद्ले गर्ने निर्णयमा पनि सहयोग गर्न भन्नुभयो ।’

सरकारले घुमाउरो भाषामा आन्दोलन रोक्न आग्रह गरेको उहाँको भनाई छ । तर सरकारले आन्दोलन रोक्न भनेता पनि आफुहरु ऐन जारी नहुदासम्म आन्दोलन नरोक्ने उहाँले बताउनुभयो । ‘ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैन भन्यौं । अब ऐन जारी गर्ने वातावरण बन्यो भने मात्र वार्तामा आउँछौ भनेका छौं,’ आन्दोलनका संयोजक समेत रहेका सह अध्यक्ष पराजुलीले भन्नुभयो, ‘आन्दोलन गर्नु हाम्रो रहर होइन बाध्यता हो ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार  महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगर : नेपालमै सबैभन्दा तीव्र गतिका बलरको खोजी गर्ने उद्देश्यसहित ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ प्रतियोगिताको तेस्रो संस्करण आ...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले हजारौ विद्यार्थीहरुलाई निशुल्क तेक्वान्दो प...
कञ्चनपुर कारागारमा आँखा जाँच, ६ जनालाई शल्यक्रियाका लागि सिफारिस

कञ्चनपुर कारागारमा आँखा जाँच, ६ जनालाई शल्यक्रियाका लागि सिफारिस

महेन्द्रनगर - कञ्चनपुर जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क आँखा उपचार शिविर सञ्चालन ग...
वन नीतिविरुद्ध कञ्चनपुरमा दबाब बढ्यो: २४ बुँदे ज्ञापनपत्रसहित उपभोक्ताको चेतावनी

वन नीतिविरुद्ध कञ्चनपुरमा दबाब बढ्यो: २४ बुँदे ज्ञापनपत्रसहित उपभोक्ताको चेतावनी

महेन्द्रनगर— वन नीतिगत जटिलता र कार्यान्वयनको समस्याविरुद्ध कञ्चनपुरमा वन उपभोक्ताहरूले दबाब बढाएका छन्। सुदूरपश्चिम प्रदेशस्तरीय ...
शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई  स्थानान्तरण अनुमति

शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई स्थानान्तरण अनुमति

महेन्द्रनगर – गत चैत्र १९ गते विहिबार बसेको भीमदत्त नगरपालिको कार्यपालिका बैठकले नगरपालिकाको शिक्षा नियमावली २०७९ विपरित निर्णय गर...
महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महाकाली नदीमा रोजगारीसंगै व्यवसाय

महेन्द्रनगर–भीमदत्त नगरपालिका ९ मुसेट्टीका किसन भाट महाकाली नदीमा ६ वर्षअघि पहिलो पटक ¥याप्टिंगका लागि अभ्यास गरिदाका सांची हुन् ।...
भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

महेन्द्रनगर - भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्...
पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज