महेन्द्रनगर–पत्रकार सुरेश रजकको हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्याली निकाएको छ । शनिबार पत्रकार महासंघ कञ्चनपुरले पत्रकार रजतको हत्या र विभिन्न सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा महेन्द्रनगर बजारमा र्याली निकालेको हो । पत्रकार महासंघ कञ्चनपुरको आयोजनामा निकालिएको ¥यालिमा विभिन्न संञ्चारमाध्यममा कार्यरत पत्रकार तथा नागरीक समाजको समेत सहभागिता रहेको थियो । पत्रकार महासंघको भवनबाट निस्किएको पत्रकारहरुको ¥याली बजार परक्रममा गरी महेन्द्रनगरको मदनचोकमा पुगेर कोष सभामा परिणत गरीएको थियो ।
¥यालिमा सहभागि पत्रकारहरुले प्रेस स्वतन्त्रताको रक्षा गर, लोकतन्त्रको रक्षा गरौ, पत्रकारमाथिको आक्रमण सहन्नौ, पत्रकारको सुरक्षा गरलगायतका प्लेकार्डहरु बोकेका थिए ।
उक्त कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष एवं वरिष्ठ पत्रकार चित्रांङ्ग थापाले पत्रकार हत्याको घट्ना प्रेसस्वतन्त्रताको विरुद्धमा रहेको बताउनुभयो । उहाँले गणतन्त्र स्थापना समयमा मिडियाले खेलको सकारात्मक भुमिकाको प्रतिशोध लिएर मिडिया र पत्रकारमाथिको प्रहार असह्य भएको बताउनुभयो । यसका लागि नेपाल पत्रकार महासंघको केन्द्रिय निर्णयअनुसारका आन्दोलनको कार्यक्रम चर्काउने बरिष्ठ पत्रकार चित्राङ्ग थापाले बताउनुभयो । त्यसैगरी पत्रकार महासंघ कञ्चनपुरका शाखाका पुर्व अध्यक्ष लक्ष्मण तिवारीले राजाबादीहरुले राजा हुदा जस्तो थियौ त्यसै प्रकारको झल्को दिएको भन्दै यसको घोर विरोध गर्नुभयो ।
पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष विष्णु अवस्थीले पत्रकार लेख्नेमात्र हौईन राजावादीको सत्ता पल्टाउन खेलको भुमिका विगतको दिनको स्मरण गर्दै अव आफ्नो स्वतन्त्रताको लागि पनि त्यसैप्रकारको भुमिका खेल्ने कुरा व्यक्त गर्नुभयो । त्यसैगरी प्रेस चौतारी नेपाल कञ्चनपुरका अध्यक्ष मदन गिरी, प्रेस युनियनका जिल्ला सचिव देवेन्द्र खड्का र प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष अरुण भट्टले स्वर्गिय पत्रकार रजतलाई श्रद्धार्जली दिदै आआफ्नो संगठनको निर्देशन बमोजिम आन्दोलन का कार्यक्रम अगाडि बढाउने बताएका छन् । त्यसैगरी नागरीक समाजको तर्फबाट बोल्दै गैसस महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले व्यवस्था परिवर्तनको गर्ने आन्दोलनको नाममा राजाबादीहरुको अराजक आन्दोलन स्वीकार्य नहुने बताउनुभयो । कोण सभाको विसर्जन गर्दै पत्रकार महासंघ कञ्चनपुरका जिल्ला अध्यष सुरेश सिंह धामीले राजावादीको उदण्डता प्रबृति अक्षम्य रहेको बताउदै स्वर्गिय पत्रकारको हत्याको सत्यतथ्य छानविन गर्दै दोषिमाथि कारवाहिको माग राख्नुभयो । कोणसभाको सहजीकरण पत्रकार महासंघ कञ्चनपुरका जिल्ला सचिव कुण्दन पाण्डेयले गरेका थिए ।
शुक्रबार राजावादीहरुको आन्दोलनको भिडियो छायांकन गररिहेका पत्रकार रजतलाई आन्दोलनकारीले काठमाण्डौको तिनकुनेस्थीत घरभित्रै थुनेर घरमा आगो लगाएर हत्या गरेका थिए । उहाँ एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार हुन । यस्तै, कान्तिपुर, अन्नपूर्ण लगायत मिडिया हाउसमा तोडफोड समेत गरिएको थियो । घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउनु पर्ने माग पत्रकार महासंघ कञ्चनपुरले राखेको छ।
पत्रकार महासंघ कञ्चनपुरको कार्यालयबाट सुरु भएको र्याली महेन्द्रनगर बजार परिक्रमा गर्दै मदनचोकमा गएर कोणसभामा परिणत भएको थियो।
लोकतन्त्रमा स्वतन्त्र पत्रकारितामा धावा बोलेर अराजकता प्रदर्शन गरिएको भन्दै घटनामा संलग्न कारबाहीको माग गरिएको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।