Advertisement

शैक्षिक क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न संस्थापकहरुमा पूर्व मुख्यमन्त्री रावलको आग्रह

महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले निजी तथा आवाशीय विद्यालयका संस्थापकहरुलाई शैक्षिक क्षेत्र बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको छ । शनिबार महेन्द्रनगरमा निजी तथा आवाशीय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) कञ्चनपुरले आयोजना गरेको संस्थापक तथा प्रिन्सिपलहरुको भेलामा बोल्दै पूर्व मुख्यमन्त्री रावलले देशको आर्थिक विकासका लागि अन्य शैक्षिक क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका उहाँले सुदूरपश्श्चिम प्रदेशले लगानी सम्मेलन आयोजना गर्न लागेको र त्यसमा कृषि, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको बताउदै बताउनुभयो ।
‘सुदूरपश्श्चिम प्रदेश लगानी सम्मेलन आयोजना गर्न लागेको र त्यसमा कृषि, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ,’ पूर्व मुख्य मन्त्री रावले भन्नुभयो ‘त्यसमा तपाईहरुका कहाँ लगानी लगाउनु चाहनु हुन्छ, त्यसमा संघ सरकारसित सहजीकरण गर्ने, योजना बैंक बनाउने कुरा छ, तपाईहरुको यो भेलामा यसबारे पनि छलफल होस ।’

सुदूरपश्चिम सरकारले लगानी सम्मेलन सम्बन्धि छलफलका लागि रावल सहितका पूर्व तीन मुख्यमन्त्रीलाई सुदूरपश्चिमका तीन÷तीन जिल्लाको जिम्मेवारी दिएको छ । भेलामा रावलले आफूहरु तिनै जनाले आ–आफ्नो जिम्मेजवारीको जिल्लामा गएर छलफल गर्ने बताए । भेलालाई औपचारिकतामा मात्रै सीमित नगर्न कार्य योजना सहितको वार्षिक अपरेसनल क्यालेण्डर बनाउन सुझाव पनि दिनुभयो । प्याब्सनमा महिला, दलित, जनजाति सबैको समावेशी हुनु पर्ने, समावेशीकरण गर्ने कुरामा प्याब्सनले ध्यान दिनु पर्ने र समावेशी नीति सरकारको प्रमुख प्राथमिकता रहेको पूर्व मुख्यमन्त्री रावलले बताउनुभयो ।
विद्यालयको पाठ्यक्रममा विश्वव्यापीकरणको कुरा गरिए पनि स्थानीय विषय वस्तु समावेश हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । पाठ्यक्रममा समावेश नभएपछि विद्यार्थीहरुले स्थानीय कला, संस्कृति, इतिहास सम्बन्धि थाह पाउन नसक्ने उहाँको भनाई रहेको थियो ।
कार्यक्रममा पूर्व मन्त्री रावलले सुदूरपश्चिम विश्वविद्यालय अपेक्षित रुपमा सञ्चालन हुन नसकेको भन्दै असन्तुष्टि भाव समेत राख्नुभयो । विश्वविद्यालय आफन्त जागिर खाने र चाप्लुसीको केन्द्र बनेको रावलको भनाई थियो । ‘यो विश्वविद्यालय नाता गोता जागिर खाने थलो बनाईएको छ’ उहाँले भन्नुभयो ।
पूर्व मुख्यमन्त्री रावलले महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालय बाहेक अर्को विश्वविद्यालय आवश्यक भएको उल्लेख गर्दै त्यसको नेतृत्व प्याब्सनले लिनु पर्नेमा जोड दिए । उहाँले दुई हजार विद्यार्थी भए विश्वविद्यालय खोल्न सकिने बताए । विश्वविद्यालयमा पढाउने भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निजी क्षेत्रले शैक्षिक क्षेत्रमा पुगाएको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै समन्वय समितिले सर्धैं साथ सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका अर्का विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्दले राज्यले निजी क्षेत्रका विद्यालयलाई विभिन्न नाममा विभेद गर्दै आएको गुनासो व्यक्त गर्नुभयो । नयाँ संविधान आएपछि माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको जिम्मामा आएको उल्लेख गर्दै उहाँले त्यसलाई व्यवस्थित बनाउने कार्य अझै हुन नसकेको उल्लेख गर्नुभयो ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्टको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा अध्यक्ष भट्टले संस्थापक तथा प्रिन्सिपल भेलाको औचित्य सम्बन्धि प्रकाश पार्र्दै स्थानीय, प्रदेश र संघ सरकारसित समन्वय गरी अघि बढ्ने बताउनुभयो ।
भेलामा प्याब्सनका कार्यक्रममको समीक्षा, आगामी योजना लगायतक विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बेलौरी नगरपालिकाका उप मेयर चौधरी, भीमदत्तका शिक्षा शाखा प्रमुख जोशी, बेलौरी शिक्षा शाखा प्रमुख भट्ट,बाल ब्रह्मचार्य ईश्वरीय विश्वविद्यालयका सञ्चालिक महिला बहिम लगायतले शुभ कामना मन्तव्य राखे ।
प्याब्सन वरिष्ठ उपाध्यक्ष राकेश बहादुर चन्दले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव अक्कल बहादुर रोकायाले गरेका थिए ।
कार्यक्रममा प्याब्सन कार्यालयको जग्गा खरिदका लागि सहयोग गर्ने विद्यालय सञ्चालकलाई सम्मान गरिएको थियो । भेलामा प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष दिपकराज चालिसे, सुरेन्द्रराज ओझा, प्याब्सन केन्द्रीय सदस्य अमराज भट्ट लगायतका सहभागी भएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज