Advertisement

सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अनेरास्ववियुको ३५ सदस्यीय ईकाई कमिटि सर्वसम्मत चयन

महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेकपा(एमाले) सम्बद्ध अनेरास्ववियु को ईकाई कमिटि अध्यध्यमा खगेन्द्र रोकाया सर्वसम्मत निर्वाचित भएका छन् । रोकायाको अध्यक्षतामा ३५ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको हो । कमिटी उपाध्यक्षमा हरिश भट्ट, सचिव पवन धामी र सह सचिव उमेश जोशी, अनिल साउँद, पुष्पा बिष्ट हेमन्ती जोशी, तर्कराज शर्मा चयन भएका छन् ।

कमिटीे कोषाध्यक्षको जिम्मेवारी कवि सिंह साउदले पाएका छन् । अखिलले खेमराम बडुलाई संगठन विभाग प्रमुख बनाएको छ । अखिलका केन्द्रीय उपाध्यक्ष मर्यादा विष्टले कमिटीका पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको शपथ खुवाइन् । विष्टको प्रमुख आतिथ्यमा अखिलको सम्मेलनबाट नयाँ कमिटी चयन गरिएको हो ।

शपथ ग्रहणपछि अध्यक्ष रोकायाले विद्यार्थी अधिकार शैक्षिक सुधार र संस्थागत विकासलाई प्राथमिकता दिएर आफू अघि बढ्ने बताए ।

विद्यार्थीका शैक्षिक हितका मुद्दाहरु आफ्नो पहिलो प्राथमिकता पर्ने उल्लेख गर्दै उनले विश्वविद्यालय प्रशासनसँग सहकार्य गरी विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुदूरपश्चिम विश्विद्यालय केन्द्रीय क्याम्पसमा चैत २७ गते स्ववियू निर्वाचन हुँदैछ । निर्वाचनका लागि विद्यार्थी संगठनले संगठन दर्ता गरि सकेका छन् । अनेरास्ववियुले स्ववियू निर्वाचन प्रक्रिया थालिएपछि रोकायालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज