Advertisement

कृष्ण दत्त पन्तको डेउडा गीत ‘जोइ पोइ’ आइतबार सार्वजनिक (भिडियो सहित)

महेन्द्रनगर –सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिलाई उजागर गर्ने गायक कृष्ण दत्त पन्तको नयाँ डेउडा गीत ‘जोइ पोइ’ आउँदो सार्वजनिक भएको छ। गीत भिडियो सहित ‘सुदूर खबर वान’ युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ।

गीतमा कृष्ण दत्त पन्त र संगीता मल्लको सुमधुर स्वर रहेको छ भने संगीत संयोजन र लय चर्चित गायक गोपाल दयालले गरेका छन्। गीतको मिक्सिङ मनोज परियारले गरेका हुन् भने रेकर्डिङ कार्य म्युजिक प्लस काठमाण्डौं स्टुडियोमा सम्पन्न भएको हो।

कमेडी डेउडा शैलीमा तयार पारिएको यस गीतमा गायक कृष्ण दत्त पन्त स्वयं अभिनयमा देखिनेछन्। साथै, वर्षा सापकोटा, सागर धामी, दिपा बम, पवित्रा थापा र जुना साउदको समेत अभिनय रहनेछ। भिडियोको छायाङ्कन, सम्पादन तथा निर्देशन किशोर कुमार भण्डारीले गरेका छन् भने मेकअपको जिम्मेवारी दिपा भण्डारीले सम्हालेकी छिन्।

सुदूरपश्चिमको मौलिक डेउडा संस्कृतिलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास स्वरूप तयार पारिएको यो गीत दर्शक तथा श्रोतामाझ चर्चित हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमको कला र संस्कृतिलाई जोगाउन तथा प्रवर्द्धन गर्न ‘सुदूर खबर वान’ युट्युब च्यानलले अहिलेसम्म झन्डै २०० वटा गीत सार्वजनिक गरिसकेको छ। यसअघिका चर्चित गीतहरूमा ‘बैतडीकी बसन्ती’, ‘लाल सारीमा’, ‘शर्माली क्याम्पस गेट’ लगायतका डेउडा गीतहरू रहेका छन्। यिनै गीतहरूले स्थानीय संस्कृतिलाई नयाँ पुस्तामाझ चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज