Advertisement

Day: ९ चैत्र २०८१, आईतवार

कृष्ण दत्त पन्तको डेउडा गीत ‘जोइ पोइ’ आइतबार सार्वजनिक (भिडियो सहित)

कृष्ण दत्त पन्तको डेउडा गीत ‘जोइ पोइ’ आइतबार सार्वजनिक (भिडियो सहित)

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर -सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिलाई उजागर गर्ने गायक कृष्ण दत्त पन्तको नयाँ डेउडा गीत ‘जोइ पोइ’ आउँदो सार्वजनिक भएको छ। गीत भिडियो सहित ‘सुदूर खबर वान’ युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ। गीतमा कृष्ण दत्त पन्त र संगीता मल्लको सुमधुर स्वर रहेको छ भने संगीत संयोजन र लय चर्चित गायक गोपाल दयालले गरेका छन्। गीतको मिक्सिङ मनोज परियारले गरेका हुन् भने रेकर्डिङ कार्य म्युजिक प्लस काठमाण्डौं स्टुडियोमा सम्पन्न भएको हो। कमेडी डेउडा शैलीमा तयार पारिएको यस गीतमा गायक कृष्ण दत्त पन्त स्वयं अभिनयमा देखिनेछन्। साथै, वर्षा सापकोटा, सागर धामी, दिपा बम, पवित्रा थापा र जुना साउदको समेत अभिनय रहनेछ। भिडियोको छायाङ्कन, सम्पादन तथा निर्देशन किशोर कुमार भण्डारीले गरेका छन् भने मेकअपको जिम्मेवारी दिपा भण्डारीले सम्हालेकी छिन्। सुदूरपश्चिमको मौलिक डेउडा संस्कृतिलाई मनोरञ्जनात्मक रूपमा प्रस्त...
कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु

कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–११ मा म१त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी पछाडिको भागमा ठोक्किएर सडक दुर्घट्ना भएको थियो । दुर्घटनामा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गिरीलाई धनगढीको मायामेट्रो अस्पतालले भारतको भोजीपुरा रेफर गरेको थियो । तर, भारत लग्दै गर्दा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा परीक्षण गर्दा चिकित्सकले उनको मृत्यू भएको घाषणा गरेको गरेका थिए । सोही ठाउँ बस्ने स्कुटी चालक ४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
नेकपा(एमाले)ले पार्टीका संस्थापक सदस्य तथा पुर्व जनप्रतिनिधिलाई ग¥यो सम्मान

नेकपा(एमाले)ले पार्टीका संस्थापक सदस्य तथा पुर्व जनप्रतिनिधिलाई ग¥यो सम्मान

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा(एमाले) ले पार्टीका संस्थापक र पार्टीबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १६को एमाले वडा कमिटिले पार्टीका संस्थापक सदस्य तथा पुर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । सम्मानित हुने पुर्व जनप्रतिनिधिमा भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्ट, गणेशदत्त भट्ट, स्व पदम बहादुर सिंह, गोपाल सिंह कार्की, पार्वती सुनार र सन्ध्याा थापा रहेका छन् । त्यसैगरी सस्थापकमा भवानी दत्त पन्त, स्व. कृष्ण बहादुर मल्ल, शिव बहादुर ओली, प्रेम बल्लब पन्त, रुद्रदत्त मिश्र, चुरा बहादुर थापा, केशव दत्त जोशी र रमेश रोकायालाई सम्मान गरीएको नितेश रावलले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि एमाले कञ्चनपुर जिल्ला ईन्चार्ज निरुदेवि पालले सम्मानित भएका एमालेका सस्थापक तथा पूर्व जनप्रतिनिधिलाई दोसल्ला ओडाएर सम्मान पत...
कर्पोरेट कप सुपर सिक्स क्रिकेटको उपाधि नविल बैंकलाई

कर्पोरेट कप सुपर सिक्स क्रिकेटको उपाधि नविल बैंकलाई

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कर्पोरेट कप सुपर सिक्स क्रिकेटको उपाधि नविल बैंकले जितेको छ । शनिबार भएको फाईनल खेलमा भीमदत्त नगरपालिकालाई ४ विकेटले पराजित गर्दै नविल बैंकले उपाधि चुमेको हो । नविल बैंकले उपाधि जितेसंगै नगद रु ८८ हजार आठ सय ८८ र ट्रफी पाएको छ । भीमदत्तले दिएको ५८ रनको लक्ष्य नविल बैंकले पाँच दशमलव दुइ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो । नविल बैंकले गणेश वहादुर धामीले सर्वाधिक २६ रन बनाए । त्यसैगरि निरज भट्टले २१ रनको योगदान गरे भने गणेश बहादुर चन्दले १० रनको योगदान गरे । बलिङमा भीमदत्तका सगुन सुवेदीले एक विकेट हात पारे । त्यसअघि ब्याटिङ्ग गरेको भीमदत्त नगरपालिकाले निर्धारित ६ ओभरमा तीन विकेट गुमाएर ५७ रन मात्रै बनाएको थियो । भीमदत्तका लागि विरेन्द्र सार्कीले सर्वाधिक ३० रनको योगदान गरेका थिए । यसैगरि हेमन्त प्वालीले १७ रन बनाए भने लोकराज पन्तले ६ रनको योगदान गरे । बलिङ्गमा नविल बैंकका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज