नयाँ खबर
महेन्द्रनगर–कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–११ मा म१त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी पछाडिको भागमा ठोक्किएर सडक दुर्घट्ना भएको थियो ।
दुर्घटनामा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गिरीलाई धनगढीको मायामेट्रो अस्पतालले भारतको भोजीपुरा रेफर गरेको थियो । तर, भारत लग्दै गर्दा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा परीक्षण गर्दा चिकित्सकले उनको मृत्यू भएको घाषणा गरेको गरेका थिए । सोही ठाउँ बस्ने स्कुटी चालक ४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।