Advertisement

कर्पोरेट कप सुपर सिक्स क्रिकेटको उपाधि नविल बैंकलाई

महेन्द्रनगर– कर्पोरेट कप सुपर सिक्स क्रिकेटको उपाधि नविल बैंकले जितेको छ । शनिबार भएको फाईनल खेलमा भीमदत्त नगरपालिकालाई ४ विकेटले पराजित गर्दै नविल बैंकले उपाधि चुमेको हो । नविल बैंकले उपाधि जितेसंगै नगद रु ८८ हजार आठ सय ८८ र ट्रफी पाएको छ ।
भीमदत्तले दिएको ५८ रनको लक्ष्य नविल बैंकले पाँच दशमलव दुइ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो । नविल बैंकले गणेश वहादुर धामीले सर्वाधिक २६ रन बनाए । त्यसैगरि निरज भट्टले २१ रनको योगदान गरे भने गणेश बहादुर चन्दले १० रनको योगदान गरे ।

बलिङमा भीमदत्तका सगुन सुवेदीले एक विकेट हात पारे । त्यसअघि ब्याटिङ्ग गरेको भीमदत्त नगरपालिकाले निर्धारित ६ ओभरमा तीन विकेट गुमाएर ५७ रन मात्रै बनाएको थियो । भीमदत्तका लागि विरेन्द्र सार्कीले सर्वाधिक ३० रनको योगदान गरेका थिए ।
यसैगरि हेमन्त प्वालीले १७ रन बनाए भने लोकराज पन्तले ६ रनको योगदान गरे । बलिङ्गमा नविल बैंकका निरज भट्टले दुई विकेट लिए भने राजिभ भट्टले एक विकेट लिए ।
उक्त खेलमा नविल बैंकका निरज भट्ट प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताको उपविजेता बनेको भीमदत्त नगरपालिकाले ४४ हजार ४ सय ४४ र ट्रफि हात पारेको छ ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि नेकपा एमाले कञ्चनपुर ईन्चार्ज निरु देवि पालले विजेता र उपविजेता टोलीलाई नगद पुरस्कार र ट्रफि प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उनले आफुले क्रिकेटको विकासको लागि पहल गर्ने बताउनुभयो । ‘क्रिकेटले हाम्रो मुलुकको नाम विश्वमा चिनाएको छ,’ उहाँले भन्नुभयो ‘क्रिकेटको थप विकासको लागि मैले सक्ने पहल गर्नेछु जिल्लामा खेलकुद ग्राउण्डको समस्या देखेकी छु त्यसका लागि म सक्दो पहल गर्न प्रयास गर्नेछु ।’
क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र वहादुर चन्दले जिल्ला क्रिकेट संघले क्रिकेटको विकासका लागि जिल्लामा विभिन्न प्रकारका क्रिकेट प्रतियोगिताहरु सञ्चालन गर्दै आईरहको बताउनुभयो । ‘जिल्लामा खेलका पूर्वाधारको अभावका बीच पनि हामीले ग्रास रुटमा क्रिकेटको विकासका लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएका छौ,’ अध्यक्ष चन्दले भन्नुभयो ‘क्रिकेटको विकासका लागि राज्यको ध्यान जान जरुरीछ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रादेशीक क्रिकेट संघका सचिव लक्ष्मण भट्ट, सदस्य आशिष खत्री, क्रिकेट संघका पदाधीकारी लगायत अन्य विशिष्ट व्याक्तित्वहरुको सहभागिता रहेको थियो । जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा फागुन १६ गतेदेखी सुरु भएको प्रतियोगितामा २० वटा टीमको सहभागिता रहेको थियो । समापन कार्यक्रमको सभापतित्व जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र बहादुर चन्द रहेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज