Advertisement

नेपाली सेनाको बृहत स्वास्थ्य शिविरबाट ८ सय ३४ जना लाभान्वित

Advertisement

महेन्द्रनगर : कञ्चनपुरको लालझाडी गाउपालिकामा सेनाले सञ्चालन गरेको एक दिने बृहत स्वास्थ्य शिविरबाट ८ सय ३४ जना सेवाग्राही लाभान्वित भएका छन् । नेपाली सेनाको सुदूरपश्चिम पृतना अन्तरगत कञ्चनपुरको श्री २५ नम्बर बाहिनी भगतपुरले लालझाडी गाउपालिका वडा नं. २ स्थीत भानु माध्यमिक विद्यालयमा आयोजना गरेको बृहत स्वास्थ्य शिविरबाट ५ सय १६ महिला र ३ सय १८जना पुरुष गरी ८ सय ३४ जनाले निशुल्करुपमा स्वास्थ्य सेवा प्राप्त गरेका हुन ।


लालझाडी गाँउपालिका वडा नं. ३ की बेद कुमारी रानाले लामोसमय देखि छाति दुख्ने, हातखुट्टा दुख्ने समस्य  रहेकोमा स्वास्थ्य शिविरबाट लाभ मिलेको बताउनु भयो । ‘छाति दुख्ने, हातखुट्टा दुख्ने समस्या थियो, डाक्टरलाई देखाए अनि औषधि पनि दिएको छ,’ रानाले भन्नुभयो ‘यो शिविर राम्रो लाग्यो, औषधि पनि निशुल्क पाईयो खुसीलाग्यो ।’
लालझाडी गाउपालिका वडा नं. २ कञ्जाका ईन्द्रा बडायकले पनि गाउमै विशेषज्ञ डाक्टरको सेवा पाउदा खुसी लागेको बताउनुभयो । ‘ठूलो अस्पतालमा आएको अनुभव भयो, सबै चिजको चेकजाच गर्ने रहेछन्, मलाई  सधैजसो रुघाखोकी लागिरहन्थ्यो यसको जाच गरीयो, औषधी पनि निशुल्क दिनुभयो,’ बडायरले भन्नुभयो ‘शिविर धेरै राम्रो लाग्यो, अति राम्रो छ ।’
त्यसैगरी लालझाडी ३ का कमलसिंह बडायकले पनि लामो समयदेखि खासिको औषधी लिईरहेको तर पनि निको नभएकोले शिविरमा चेकजाच गराएको बताउनुभयो । ‘म लामो समयदेखि खासिको औषधी लिईरहेको थिए, तर निको भएको थिएन, शिविरमा देखाए औषधी पनि मिल्यो,’ उहाले भन्नुभयो ‘बाहिर मेडिकलको भन्दा राम्रो औषधी छ जस्तो लागको छ, यो शिविर बसेको मलाई एकदमै राम्रो लाग्यो, समय समयमा शिविर लगाई दिए राम्रो हुन्थ्यो ।’


आफ्नो छोरीको कानको समस्या भएका लालझाडीकै रजनी रानाले कान सुन्न प्रयोग गरीने यन्त्र हेरिङ्ग ऐड पाए पछि खुसि व्यक्त गर्नुभयो । ‘मेरो छोरीले कान सुन्न सक्दैन, उसलाई यो हेरिङ्ग ऐड लगाएपछि उसले कान सुन्नेछिन्,’ रजनी रानाले भन्नुभयो ‘खुसी लाग्यो नेपाली सेनालाई धेरै धेरै धन्यवाद छ ।’
उक्त शिविरमा ११ जना नेपाली सेनाका र ६ जना महाकाली अस्पतालका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीहरूबाट सेवा प्रदान गरिएको थियो । शिविरमार्फत फिजियोथेरापी, छाला तथा यौनरोग, अर्थोपेडिक, भिडियो एक्सरे, दन्त, स्त्री, बाल रोग, नाक, कान, घाटीलगायत चेकजाँच एवं उपचार सेवा प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली सेनाले अपाङ्गता भएकाहरूलाई बैशाखी, ह्वीलचियर समेत वितरण गरेको थियो । नेपाली सेनाको श्री नं. २५ वाहिनी अड्डाका सेनानी आकाश बस्नेतले ७ वटा ह्वील चयर, ४ वटा बैशाखी, ५ वटा डस्ना तथा मेट्रिस, ३ थान स्यानेटरी प्याड डिस्पोजल मेसिन र भानुमाविलाई स्टेसनरी र खेलकुदका सामाग्रि वितरण गरीएको बताउनुभयो ।
उक्त सामाग्रि वितरण कार्यक्रममा प्रमुख अतिथी सुदुर पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी प्रकाश देउजा रहनुभएको थियो । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नमा विषेश सहयोग गर्नु हुने महाकाली प्रादेशिक अस्पताल, क्लिनिक नेपाल, विउटिफुल माईन्ड फाउण्डेसन चितवन तथा अन्य सहयोगी निकाय पेन्मेट ईन्डस्ट्रिज प्राली ललितपुर, एकोर्ड फार्मासेसीकलल्ज ललितपुर, डार्क फन्टासी धनगढी, सरस्वति पुस्तक भण्डार लगायतलाई सुदुर पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी प्रकाश देउजाले स–सम्मान कदर पत्र प्रदान गर्नु भएको थियो ।
साथै, यस स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत फाल्गुन २६ गते पनि श्री बैजनाथ आधारभूत विद्यालयमा स्टेसनरी र खेलकुद समग्रीहरुवितरण गरिने नेपाली सेनाको श्री नं. २५ वाहिनी अड्डाका सेनानी आकाश बस्नेतले बताउनुभयो ।


महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले सेनाले यसरी ग्रामीण भेगमा सञ्चालन गरेको शिविरबाट नागरिकलाई विशेषज्ञ सेवा पुगेको बताउनुभयो ।
लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले नेपाली सेनाले सराहनीय कार्य गरको बताउनुभयो । ‘लालझाडीका धेरै स्थानीयले स्थानीय ठाउँबाटै विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन्,’ उहाले भन्नुभयो ‘यहाका स्थानीयले आफ्नो स्वास्थ्य र शरिरको बारेमा जानकारी पाउनुका साथै रोगको बारेमा पहिचान गराई केही औषधी पनि निशुल्क पाएका छन् ।’ गाउँपालिका अध्यक्ष रानाले आफ्नो गाउपालिकालाई छनौट गर िस्थानीयस्तरमै विशेषज्ञ सेवा प्रदान गरीदिएको भन्दै नेपाली सेना र महाकाली प्रादेशिक अस्पतालको टिमलाई धन्यवाद दिनुभयो ।
२५ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी माधव थापाले नागरिक र सेनाबिचको सम्बन्ध विस्तारका साथै समाजिक उत्तरदायित्व बहनका लागि कार्यक्रम गरिएको बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

महेन्द्रनगर – एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाल...
बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगर...
मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

महेन्द्रनगर–मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय महेन्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज