Advertisement

१५औँ कञ्चनपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न, भीमदत्त नगरपालिका २२ स्वर्ण, १६ रजत र ९ कांस्यगरी ४७ पदकका साथ अग्रस्थानमा

महेन्द्रनगर – शुक्रबारदेखि सुरुभएको १५औं कञ्चनपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार शुक्लाफाँटा नगरपालिका–६ स्थित बैजनाथ माध्यमिक विद्यालयमा १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको हो ।

जिल्लाका ९ वटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगिताको जिल्ला प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । शुक्लफाँटा नगरपालिकामा १५ औं जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्ने अवसर प्रधान गर्नु भएकोमा जिल्ला खेलकुद समिति कञ्चनपुर परिवारलाई हार्दिक धन्यवाद समेत दिनु भयो । ‘प्रतियोगिता एक जिल्ला केन्द्रित मात्र नभई गाउँघरमा पनि आयोजना गर्ने अवसर जिल्ला खेलकुद समितिले दिएको छ, उक्त प्रतियोगिता सञ्चालनले गाउँघर र पालिकाको खेलकुद बिकासमा समेत टेवा पुग्ने बताए।’ यसै नगरपालिकाको भूमिमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेका थियौं, ‘जिल्ला स्तरीय प्रतियोगिता शुक्लाफाँटाका लागि ठूलो सिकाई भएको छ ।’

छनौट प्रतियोगिताको अंक तालिकामा भीमदत्त नगरपालिका २२ स्वर्ण, १६ रजत, ९ कांस्य साथ ४७ पदक साथ अग्रस्थानमा रहेको छ । शुक्लाफाँटा नगरपालिका १४ स्वर्ण, १३ रजत, ६ कांस्य सहित ३३ पदक संगै दोस्रो स्थान, कृष्णपुर नगरपालिका १३ स्वर्ण, १० रजत, १९ कांस्य सहित ४२ पदक ल्याउदै तेस्रो, बेदकोट नगरपालिका १० स्वर्ण, १२ रजत, १० कांस्य सहित ३२ पदक ल्याउदै चौथो, दोधारा चाँदनी नगरपालिकाले ४ स्वर्ण, ६ रजत, ८ कांस्य सहित १८ पदक साथ पाचौं, पुनर्वास नगरपालिका २ स्वर्ण, ४ रजत, ११ कांस्य सहित १७ पदक साथ छैटौं, बेलौरी नगरपालिका १ स्वर्ण, ३ रजत, ९ कांस्य सहित १३ पदक ल्याउदै सातौं स्थान, लालझाडि गाउँपालिका स्वर्ण बिहिन १ रजत, ८ कांस्य सहित ९ पदक रहेको छ। भने बेलडाँडी गाउँपालिकाले २ पदक ल्याएको छ। जसमा १ रजत र १ कांस्य पदकमा चित्त बुझाएको छ । कञ्चनपुर जिल्ला खेलकुद समितिको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको सहआयोजनामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आयोजना भएको थियो। प्रतियोगिता १६ फागुन देखि १८ सम्म आयोजना भएको हो ।

कार्यक्रममा बेदकोट नगरपालिका मेयर भोजराज बोहरा मन्तव्य दिदै जिल्ला स्तरीय खेलकुद छनौट प्रतियोगिताले खेलकुद क्षेत्रका गतिविधि लाई बढाएको छ, आयोजक खेलकुद समिति र सह–आयोजक शुक्लाफाँटा नगरपालिका लाई धन्यवाद समेत दिएका छन्। उनले भने , ‘ खेलाडी देशका गहना हुन हामिले संरक्षण गर्नु पर्छ। स्वागत मन्तव्य जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाश गिरीले राखेका थिए। उनले जिल्ला खेलकुदको नेतृत्व आफूहरुले गरेपछि स्थानीय तहमै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता गर्ने कार्यको सुरुवात गरेको बताए ।


प्रतियोगिता सम्पन्न गर्नमा ओहरात्र खटिनु हुने सम्पुर्ण खेलकुद समितिका पदाधिकारी कर्मचारी, प्रशिक्षक, स्वयंसेवक, सुरक्षाकर्मी प्रतियोगिता सञ्चालन सचिवालय सदस्य, सहयोगी विद्यालय परिवार , सम्पुर्ण पालिका खेलकुद समिति अध्यक्ष, खेलाडी, खेलप्रेमीहरु र समाचार सम्प्रेषण गर्नमा सहयोग पुगाउने सञ्चारकर्मी पत्रकारहरु सह आयोजकको भुमिका निर्वाह गर्नु हुने शुक्लाफाँटा नगरपालिका परिवार लगायत लाई कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्काले हार्दिक धन्यवाद समेत दिनु भयो। उनले भने, आगामी दिनमा समेत कञ्चनपुर खेलकुद क्षेत्रमा बिकासका लागि सबैको सात सहयोग समेत आवश्यकता रहन्छ , खेलकुद लाई उच्च गर्न र राख्नमा सधै जिल्ला कार्यसमिति साथमा रहने बताए ।

 

प्रतियोगिता सम्पन्न गर्नमा सहयोग पुगाउने विभिन्न संघसंस्था लाई सम्मान पत्र समेत आयोजकले हस्तान्तरण गरिएको छ । शुक्लाफाँटा नगरपालिकामा सम्पन्न १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको समापन संगै आगामी वर्षमा हुने १६ औं संस्करण जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता बेदकोट नगरपालिकामा आयोजना हुने भएको छ। आयोजक जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्का साथै समितिका पदाधिकारी,सह–आयोजक शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महराले बेदको नगरपालिका मेयर भोजराज बोहरा लाई झण्डा हस्तान्तरण गर्नु भएको हो । कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुँबेर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा ९ वटै पालिकाहरुका जनप्रतिनिधिहरु, खेलाडी, राजनीतिक दलहरुका प्रतिनिधि, नगर खेलकुद समितिका अध्यक्षहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज