भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख खड्काद्धारा बेदकोट ५ मा निर्माणाधिन जलबायु प्रबिधिमा आधारीत कुखुरा पालन फर्मको अनुगमन
महेन्द्रनगर – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरकार्यालयका प्रमुख श्याम सिंह खड्काले बेदकोट नगरपालिका वडा नं. ५ मा निर्माणाधिन जलबायु प्रविधिमा आधारित कुखुरा पालन फर्मको अनुगमन तथा अवलोकन गर्नुभएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर कार्यालयका प्रमुख खड्काले प्रदेश सरकारको पचास प्रतिशत अनुदान रकममा उकृष्ठ कृषक टंक प्रसाद जोशीले निर्माण गरीरहेको जलबायु प्रविधिमा आधारित कुखुरा पालन फर्मको अनुगमन तथा स्थलगत अवलोकन गर्नुभएको हो ।
उहाले निर्माणाधिन फर्मको अवलोकन गरी कृषक जोशीबाट निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ । उहाँले फर्मको ६० प्रतिशत निर्माण प्रगति भएको जानकारी कृषक जोशीले दिएको बताउनुभयो ।
‘हामीले फर्मको अनुगमन गरेका छौ, अनुगमनको क्रममा सन्तोसजनक ढंगले निर्माण कार्य भईरहेको छ,’ कार्यालय प्रमुख खड्काले भन्नुभयो ‘अनुगमनको क्रममा फर्मको भौतिक संरचन...
















