Advertisement

कञ्चनपुरमा अन्तरराष्ट्रिय युवा सम्मेलन शुरु

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा अन्र्तराष्ट्रिय युवा सम्मेलन शुरु भएको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा अन्र्तराष्ट्रिय युवा सम्मेलन ०२५ शुरु भएको हो । नेपाल, भारत र बङलादेशका युवा सम्मिलित उक्त सम्मेलन तीनदिन सम्म संचालन हुनेछ । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले समाजिक क्षेत्रमा कार्यरत सरोकारवाहरुको उपस्थितिमा सम्मेलन संचालन भएको बताए । उनका अनुसार दक्षिण एसियाकै तीन मुलुकका युवाहरु सम्मिलित रहेको सम्मेलनमा प्राकृतिक स्रोतमाथि मानिसको जिवनचक्र्र, स्रोतको पहिचान, उपभोग गरेर युवा शक्तिहरुलाई उर्जाशिल बनाईन केन्द्रीत हुनेछ । ‘महाकाली सहित हिमालबाट निस्किने नदीको सम्भावना शुरुवातदेखि समुद्रसम्म जोडिएका युवाहरुका साझा सवालमा बहस छलफल हुनेछ, ‘उनले प्राकृतिक स्रोत साधनको अधिकतम उपभोग गर्र्दै युवाहरुलाई स्वदेशमै आत्मनिर्भर तर्फ केन्द्रीत गराईनेछ ।’

विपद्देखि पानीमा मानिसको जिवन उच्च रहेको भन्दै उनले पानीको अधिकतम सदुरुपयोग गर्दै अघि बढ्न समेत सम्मेलन केन्द्रीत हुनेछ । उनका अनुसार निड्स नेपालले अक्सफाम सहितका सहकार्यमा अन्र्तरदेशिय जलाधार क्षेत्र(ट्रोसा परियोजना अन्र्तरगत कञ्चनपुरको उत्तरी चुरे क्षेत्र खल्लामछेट्टीदेखि बम्ह्रदेबसम्म सफल साहसिक यात्रा गरेको स्मरण गराउँदै नदीमा थुप्रै सम्भावना रहेको औल्याए । सम्मेलनको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका पुर्वमन्त्री राजेन्द्र सिह रावलले पानी मानिसको जिवनसंग जोडिएको विषय भएकाले यसले सीमा नै नरहेको बताए । उनले हिमालदेखि दक्षिण समुद्रसम्म जलाधार क्षेत्रमा रहेका युवाहरुलाई प्राकृतिक सुहाउँदो सम्भावनाको खोजि गरेर आत्मनिर्भर बनाउनुपर्नेमा जोडदिए । पुर्व मुख्यमन्त्री रावलले प्राकृतिसंगै सुदूरपश्चिम मौलिक संस्कृतिमा समेत धनी भएकाले त्यसको समुचित सदुपयोगमा जोडदिए ।

उनले अधिकतम जलाधारको उपभोग गरेर आत्मनिर्भर बन्न युवाहरुलाई उत्प्रेरित गरेका छन । महाकाली तटिय क्षेत्र दोधारचाँदनीका मेयर किशोर कुमार लिम्बुले प्राकृतिक स्रोतले ल्याउने विपत्तीको सामना गर्ने खालका योजना अघि सारेर अघि बढ्नुपर्नेमा जोडदिएका छन । समाजकल्याण परिषद्का सदस्य सचिव मनोज कुमार भट्टले पछिल्ला दिनहरुमा नेपाली युवा भारत सहित तेस्रो मुलुक पलायनहुनेक्रम नरोकिएकाले रोक्नुपर्नेमा जोडदिए । नेपालमा थुप्रै प्रांकृतिक सम्भावना भएकाले युवाहरुलाई यहीको प्रकृति सदुपयोग गरेर आत्मनिर्भर केन्द्रीत गराउनुपर्नेमा जोडदिए । अक्सफामका कार्यकारी निर्देशक राजन सुवेदीले हिमालदेखि समुद्रसम्म जलाधार जोडिएका तीनै देशका युवाहरुको अनुभव आदान प्रदान गरेर प्राकृतिक स्रोत साधनको अधिकतम उपभोगमा जोडदिएका छन । ‘अब हामीले नविनतम योजना अघि सार्नुपर्छ, ‘उनले परम्परागतले मात्रै हुँदै प्राकृतिक स्रोतको समुचित उपभोग गर्नुपर्छ ।’ नदी तटिय क्षेत्रका जनताका लागि उद्यम एव व्यवसायिक थुप्रै सम्भावना भएकाले त्यसतर्फ समेत सम्मेलन केन्द्रीत गराईनेछ । नेपाल, भारत बङलादेशका सयौँ युवा सहभागिसम्मेलनमा विज्ञहरुका समुहगत छलफल गर्दै महाकाली नदीमा जलयात्रादेखिका कञ्चनपुर घोषणा पत्र जारी गरेर आईतबार समापन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज