Advertisement

कानुनका विद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अनुशिक्षण

दोधारा । माइती नेपाल कञ्चनपुरले कानुनका विद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र लैंगिक हिंसा विरुद्ध कानुनी अनुशिक्षण प्रदान गरेको छ । सुदुरपश्चिम विश्वविद्यालय, केन्द्रीय कानुन विभाग, कानुन संकाय अन्तरगत छैटौ सेमेष्टरका विद्यार्थीहरुलाई अनुशिक्षण प्रदान गरिएको हो । सुदुरपश्चिम विश्वविद्यालय, कानुन संकायले आयोजना गरेको स्वच्छ स्वास्थ्यका लागि साईकिलिङ्ग र स्पष्ट न्यायका लागि फिल्ड भिजिट कार्यक्रम अन्तरगत फिल्ड भिजिटको क्रममा माइती नेपाल कञ्चनपुरको कार्यालयमा आइपुगेका विद्यार्थीहरुलाई कानुनी अनुशिक्षण प्रदान गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । अनुशिक्षणका क्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४, नियमावली २०६५ र ऐनमा भएका संशोधनहरु संगै मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्ध विद्यमान कानुनका बारेमा विद्यार्थीहरुलाई संक्षिप्त जानकारी गराईएको हो । यस बाहेक मानव बेचबिखनका समस्याहरु, कारणहरु र निराकरणका जटिलताहरुका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराईएको छ ।

‘अनुशिक्षण हाम्रा लागि अत्यन्तै लाभदायक र प्रभावकारी र कलेजमा पढिरहदा सैद्धान्तिक कुराहरुका बारेमा बढी जानकारी पाउंछौ’ अन्तरक्रियात्मक ढंगबाट सञ्चालन गरिएको अनुशिक्षणका सहभागी मध्ये दिल विक्रम धामीले भने– ‘आजको यस कार्यक्रममा सहभागि भएर मानव बेचबिखन र लैंगिक हिंसाको वास्तविक रुप रेखा थाहा पाउन सक्यौ । आज यो पाएको शिक्षालाई हामीले आफ्नो दैनिक जीवनमा पनि लागु गर्ने र यस्ता घट्नाहरुमा माइती नेपाललाई सक्दो सहयोग गर्ने छौ ।’ त्यस्तै कार्यक्रमका अर्का सहभागी रिजन बुढाले कलेजमा पढ्दा सम्बन्धित विषयमा आधारभुत सैद्धान्तिक ज्ञान प्राप्त गरे तापनि यसको वृहत स्वरुप आजको यस कार्यक्रमबाट पाएको बताए ।

‘के कस्तो किसिमले मानव बेचबिखन हुदो रहेछ तथा भारतका कोठीहरुमा रहेको पीडितहरुको उद्धार र पुनस्र्थापना कार्यमा कस्ता जटिलता/चुनौतीहरु हुदां रहेछन् र त्यसमा राज्यको भुमिका के कस्तो हुने रहेछ भनि विस्तृत जानकारी पायौ ।’ सहभागी रिजन बुढाले भने– ‘यस्तो मज्जाले बुझाइदिनु भएकोमा माइती नेपाललाई हामी सुदुरपश्चिम विश्वविद्यालय कानुन संकाय अन्तरगत छैटौ सेमेष्टरमा अध्ययनरत सबै विद्यार्थीहरुको तर्फबाट एकमुष्ट हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछु ।’ माईती नेपाल कञ्चनपुा संयोजक महेश्वरी भट्टले यस अघि पनि मानविकी तथा समाजशास्त्र संकाय अन्तरगतका विद्यार्थीहरुलाई हामीले नियमित रुपमा अनुशिक्षण दिदै आएका बताएका छन् ।

माइती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसारपसार र लैंगिक हिंसा नियन्त्रणका लागि समुदाय स्तर, विद्यालय र विश्व विद्यालय स्तरमा निरन्तर सामाजिक सचेतना अभियान चलाउंदै आएको छ । ‘हामी घरदैलोमा जान्छौ, सार्वजनिक स्थलमा पुग्छौ, विद्यालयमा जान्छौ, समुदाय स्तरमा रहेका संघ संस्थाहरु सम्म पुग्छौ, विश्वविद्यालयसम्म पुग्छौ अनि मानव बेचबिखन तथा लैंगिक हिंसा नियन्त्रणका लागि अभियाननै चलाएर सक्दो प्रयास गर्दछौ’ संयोजक भट्टले भने ।

माइती नेपाल कञ्चनपुर महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने जिल्लाकै उत्कृष्ट र अग्रणी संस्था हो । बि.स. २०५९ सालमा कञ्चनपुरमा शाखा बिस्तार भए संगै माइती नेपालले बिगत २२ बर्ष देखि महिला तथा बालबालिकाका हक हितको संरक्षण सम्बर्धनका क्षेत्रमा उल्लेखनिय यौगदान गर्दै आएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाख बराबरको बजेट ल्यायो

बेलौरी नगरपालिकाको ९४ करोड ५५ लाख बराबरको बजेट ल्यायो

महेन्द्रनगर – कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु। ९४ करोड ५५ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । ...
बेदकोट नगरपालिकाको १अर्ब ३ करोड बढी बजेट

बेदकोट नगरपालिकाको १अर्ब ३ करोड बढी बजेट

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट स्थानीय सरकारले साढे डेढ अर्ब बढीको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष ०८३/०८४ का लागि बेदकोट नगरप...
दोधाराचाँदनी नगरपालिकाका जनप्रतिनिधीको सक्रियतामा ट्रान्सफारम जडान

दोधाराचाँदनी नगरपालिकाका जनप्रतिनिधीको सक्रियतामा ट्रान्सफारम जडान

दोधारा – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं २ कमलशा टोलमा जनप्रतिनिधिको सक्रियता र पहलमा ट्रानसफर्मर जडान गरीएको छ । उक्त ट...
बेलडाँडी गाउँपालिकाको ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाको ४१ करोड ६९ लाखको बजेट

महेन्द्रनगर–कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको १९औँ गाउँ सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड ६९ लाख ७९ हजार रुपैयाँ बरा...
जिप दुर्घटनामा उपमेयरको मृत्यु

जिप दुर्घटनामा उपमेयरको मृत्यु

महेन्द्रनगर – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उममेयर मीनराज राना मगर सवारी दुर्घट्नामा परी दिवंगत भएका छन् । स्वर्गद्वारी–२ बाङ...
कृष्णपुरले ल्यायो आगामी वर्षका लागि १ अर्ब ९ करोड बजेट

कृष्णपुरले ल्यायो आगामी वर्षका लागि १ अर्ब ९ करोड बजेट

महेन्द्रनगर– कृष्णपुर नगरपालिकाले आगामी आर्थिक बर्ष २८३÷८४ का लागि १९ औँ नगर सभाबाट १ अर्ब ९ करोड रुपैँयाको बजेट ल्याएको छ । त्यसम...
कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

कञ्चनपुरमा लागू औषधसहित एक वडा सदस्य पक्राउ

महेन्द्रनगर – लागू औषधसहित भीमदत्त नगरपालिकाकी वडा सदस्य पक्राउ परेकी छन् । शनिबार दिउसो ३ बजेको समयमा भीमदत्त नगरपालिका वडा नं. १...
श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

श्रीमतीमाथि तातो तेल खन्याएर फरार भएका श्रीमान् अन्ततः प्रहरीको फन्दामा

कञ्चनपुर - कञ्चनपुरमा आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते बनाएका एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज