कानुनका विद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अनुशिक्षण
दोधारा । माइती नेपाल कञ्चनपुरले कानुनका विद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र लैंगिक हिंसा विरुद्ध कानुनी अनुशिक्षण प्रदान गरेको छ । सुदुरपश्चिम विश्वविद्यालय, केन्द्रीय कानुन विभाग, कानुन संकाय अन्तरगत छैटौ सेमेष्टरका विद्यार्थीहरुलाई अनुशिक्षण प्रदान गरिएको हो । सुदुरपश्चिम विश्वविद्यालय, कानुन संकायले आयोजना गरेको स्वच्छ स्वास्थ्यका लागि साईकिलिङ्ग र स्पष्ट न्यायका लागि फिल्ड भिजिट कार्यक्रम अन्तरगत फिल्ड भिजिटको क्रममा माइती नेपाल कञ्चनपुरको कार्यालयमा आइपुगेका विद्यार्थीहरुलाई कानुनी अनुशिक्षण प्रदान गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिएका छन् । अनुशिक्षणका क्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४, नियमावली २०६५ र ऐनमा भएका संशोधनहरु संगै मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्ध विद्यमान कानुनका बारेमा विद्यार्थीहरुलाई संक्षिप्त जानका...











