Advertisement

‘युवा रोजगार रुपान्तरण पहल आयोजना’ अन्तर्गत दोधारा चाँदनीमा ५० दिने सिपमुलक तालिम

दोधारा । युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सिपमुलक तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय रोजगार सेवा केन्द्रको सहयोग र सहकार्य र हुनैनाथ टेक्निकल एजुकेसन एण्ड भोकेसनल तालिम केन्द्र प्रालिको प्राविधिक सहयोगमा आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिबृद्धी र रोजगारमूलक सेवाको विस्तार गर्न सिपमुलक तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय रोजगार सेवा केन्द्र सहायक हेमा पन्तले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने सुचिकृत भएका आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई ५० दिने सिपमुलक तालिम सञ्चालन गरिएको रोजगार सेवा केन्द्र सहायक हेमा पन्तले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकामा सुचिकृत भएका ४० जना युवाहरुलाई सिपमुलक तालिममा सहभागी गराईएको चाँदनी नगरपालिका कार्यालय रोजगार सेवा केन्द्रका सहायक हेमा पन्तले बताउनुभएको छ् ।

आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिबृद्धी र रोजगारमूलक सेवाको विस्तार मार्फत श्रम बजारको परिणाममुखी सुधार ल्याउने लक्ष्यले तालिमको आयोजना गरिएको रोजगार सेवा केन्द्रका सहायक हेमा पन्तको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकामा रोजगार सेवा केन्द्रबाट सुचिकृत भएका ब्यक्तीहरुलाई संचालन गरिएको ५० दिने तालिम उत्साहजन रहेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

बैदेशिक रोजगारको लागी युवाहरु पलायन भएको अवस्थामा यो तालिम अर्थपुर्ण हुने नगरप्रमुख किशोर कुमार लिम्बुले बिश्वास ब्यक्त गर्नुभएको छ् । नेपाल सरकारले आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाँउघरमै रोजगारी दिनको लागी सिपमुलक तालिम संचालन गरिएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । तालिममा सहभागी भई सिप सिक्न पाएसंगै तालिमका सहभागीहरुले खुशी ब्यक्त गरेका छन् ।

तालिमको उद्धघाटन सत्रमा सुदुरपश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नगरउपप्रमुख गंगा जोशी, वडाध्यक्ष, तालिममा सहभागी तथा सरोकारवालाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज