Advertisement

सशस्त्र प्रहरीले निमार्ण गरेको ‘मलामी बिश्राम स्थल’ को उद्धघाटन

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरीले निमार्ण गरेको मलामी बिश्राम स्थलको समउद्धघाटन गरिएको छ् । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म र बिओपी कञ्चनभोज दोधारा चाँदनीको आयोजनमा दोधारा चाँदनी नगरपालिका– ७ मा मलामी बिश्राम स्थलको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले उद्धघाटन गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको सभापतित्वमा संचालन भएको उद्धघाटन सत्रमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. ३५ का गण हेडक्वाटर शैलेश्वरीका गणपती सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्द, दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशी, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्मका गुल्लपती सशस्त्र प्रहरी नायक उपरिक्षक सन्तोष बिर सिंह लगाएत जनप्रतिनिधी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

जगबुडा नदीमा शव दाह गर्दा मलामीहरुलाई बिश्राम स्थलको आवश्यकता महशुस गर्दै बिश्राम स्थलको निमार्ण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका– ७ को आर्थिक सहयोग र सशस्त्र प्रहरीको सिघ्र प्रभाव कार्यक्रम अन्तर्गत मलामी बिश्राम स्थल निमार्ण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको सिमा बस्तीमा सशस्त्र प्रहरीले जनता संग समन्वय र सहकार्यबाट गर्दै आएको कार्य उत्साहजन रहेको बताउनुभएको छ् । यस्ता कार्यले संघिय सरकार र स्थानिय सरकार बिचको सन्तुलन कायम गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।सशस्त्र प्रहरीले संचालन गरेको ‘सीमावासी संग सशस्त्र प्रहरी’ कार्यक्रम प्रभावकारी रहेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । ‘सीमावासी संग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत सिमा बस्तीहरुमा विभिन्न गतिविधी गरिरहेकोले स्थानीय संग सशस्त्र प्रहरीको सम्बन्ध निकै राम्रो भईरहेको नगरप्रमुख लिम्बुको भनाई रहेको छ् ।

शैलेश्वरीका गणपती सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले ‘सिघ्र प्रभाव कार्यक्रम’ अन्तर्गत स्थानिय सरकार संग समन्वय र सहकार्य गरि मलामी बिश्राम स्थल निमार्ण गरिएको बताउनुभएको छ् । सिमानामा रहेका जनताहरु संग मिलेर दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको खुला सिमा बस्तीहरुमा बिभिन्न रचनात्मक कार्य संचालन गर्दै आएको शैलेश्वरीका गणपती सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले बताउनुभयो । भारत संग जोडिएका दोधारा चाँदनीका सिमा बस्तीहरुमा वडाध्यक्षहरुको संयोजकत्वमा सीमा सहजीकरण समिति गठन गरी कार्य प्रारम्भ भईरहेको सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले बताउनुभयो ।

सशस्त्र प्रहरी बलले यस प्रकारका कार्यक्रमहरुको आयोजना गर्दै सीमावासीहरुको विकास र सशस्त्र प्रहरी संगको सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य राखेको उहाँको भनाई रहेको छ् ।

कार्यक्रममा मलामी बिश्राम स्थलमा निमार्ण कार्यमा सघाउने सशस्त्र प्रहरी जवानहरुलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म दोधारा चाँदनीले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज