Advertisement

कैलालीमा अफ्रिकन स्वाईन फिभर फैलीयो, पशुलाई संक्रमबाट जोगाउन कृषकलाई भेटेरीनरी अस्पतालको आग्रह

महेन्द्रनगर–कैलाली जिल्लामा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण हुन थालेपछि कञ्चनपुर जिल्लामा पनि किषानहरुलाई सतकर्ता अपनाउन आग्रह गरिएको छ । भेटेरीनरी अस्पताला तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले एक सूचना जारी गर्दै कैलाली जिल्लाको विभिन्न स्थानमा अफ्रिकन स्वाईन फिभर रोगको संक्रमण देखिएकाले किषानहरुलाई सतर्कता अपनाउन आग्रह गरीएको छ ।
भेटेरीनरी अस्पताला तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिंह खड्काले छिमेकी जिल्ला कैलालीको विभिन्न स्थानमा अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भईरहेकोले कञ्चनपुर जिल्लामा पनि किषानहरुलाई आग्रह गरिएको बताउनु भयो । यो रोग लागेपछि संक्रमित बंगुरको शतप्रतिशत मृत्यू हुने भेटेरीनरी अस्पताला तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्काले बताउनुभयो । उनका अनुसार बंगुरमा यो रोग पुष्टि भएपछि उपचारका लागि औषधी पत्ता नलागेकोले रोग नियन्त्रणका लािग रोग लाग्नबाट बच्ने उपाय अपनाउनु मात्र उत्तम उपाय हो ।
पछिल्लो समय कैलाली जिल्लामा विभिन्न स्थानका मरेका बंगुरको शव परीक्षण गर्दा अफ्रिक स्वाईन फिभर संक्रमण पुष्टि भईरहेको धनगढीस्थित पशुपन्छिी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले बताउनु भयो । कात्तिक १४ गते कैलाली जिलमा पहिलो पटक अफ्रिकन स्वाइृन फिभर रोग संक्रमण पुष्टि भएको थियो । कैलालीको भजनी नगरपालिकामा मरेको बंगुरको शव परीक्षणका क्रममा धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको थियो ।

अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले अहिलेसम्म कुनै खोप नभएका कारण नियन्त्रणका उपाय अवलम्बन गर्न आग्रह गरेको छ । प्रभावकारी उपचार अभावमा यो रोग फैलिएमा ठूलो आर्थिक क्षति गराउने भएकोले अस्वभाविक रुपमा बंगुर मरेमा तत्काल खबर गर्न बंगुर पालक किसानहरुलाई उहाले आग्रह गर्नु भयो ।
यो रोग लागेमा बंगुरलाई १०४ देखि १०७ डिग्री सम्म ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, वान्ता गर्ने, छेर्ने जस्ता लक्षण देखिने भएकाले सचेत रहन पनि सूचनामा अनुरोध गरिएको छ ।

विगतमा अफ्रिकी महादेशमा देखिएको यो रोग २०१८ मा चिन, भुटान र भारत हुँदै गत चैतमा मात्र नेपालमा देखिएको थियो । २०७९ सालको जेठ महिनामा पहिलो पटक नेपालमा देखा परेको थियो ।

कृषकहरुले ध्यान दिनुपर्ने कुराहरुः

१. फार्म, खोरमा जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्ने ।
२. अनावश्यक रुपमा अरुको फार्मरखोरमा नजाने, बाह्य व्यक्तिहरुलाई आफ्नो फार्ममा नल्याउने ।
३. फार्म, खोरको काम गर्दा लगाएको लुगाकपडा र जुत्ता चप्पल अरु बेला प्रयोग नगर्ने, खोरको काम सकेपछी साबुन पानीले हातखुट्टा राम्ररी धुने ।
४. रोगी बंगुर र यसको मासु ओसारपसार र विक्री वितरण नगर्ने ।
५. नियमित रुपमा फार्मरखोर वरिपरी चुना, फिनायलबाट निसंक्रमण गरि खोरलाई खाली राख्ने ।
६ .रोग देखा परेका फार्ममा भएका सम्पूर्ण बंगुर र फोहोर नष्ट गरी खोर भित्र तथा वरिपरीको वातावरणलाई निसंक्रमण गरि खोरलाई केही समय खालि राख्ने ।
७. बंगुरलाई घर वा होटलको फोहोर खानेकुरा नखुवाउने खुवाउनै परे आधा घन्टासम्म राम्ररी पकाएर मात्रै खुवाउने तथा बंगुरको मासु मिसिएको खानेकुरा नखुवाउने ।
८. मरेका बंगुर तथा बंगुर काटिएको ठाँउबाट निष्काशित मासु हाड भित्र्याँश र अन्य फोहोरहरु जथाभावी खुल्ला रुपमा वा खोलानाला तथा पानीको श्रोतमा नफाल्ने ।
९. आफुले पालेका वा अरुले पालेका सुँगुर बंगुरमा कुनै किसिमको स्वास्थ्य समस्या वा तल उल्लेखित लक्षणहरु देखा परेमा तुरन्तै नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल वा पशु रोग अन्वेषण प्रयोगशाला धनगणीमा जानकारी गराउने ।

यस रोगका लक्षणहरुः

१ एकैपटक धेरै बंगुरमा रोग देखा पर्ने र मर्ने ।
२ उच्च ज्वरो आउने, दानापानी नखाने, उभिन नसक्ने र कमजोर हुने ।
३ कान र थुतुनोको छालामा रातो वा निलो डामहरु देखिने र पछि शरिरभरी रातो हुने ।
४ नाक र गुद्दवारबाट रगत बग्ने ।
५ छिटो छिटो श्वास फेर्ने, उल्टी गर्ने र गर्भिणी बंगुर तुहिने ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

माला भट्ट, महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय ...
लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

महेन्द्रनगर – भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज