महेन्द्रनगर–कैलाली जिल्लामा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण हुन थालेपछि कञ्चनपुर जिल्लामा पनि किषानहरुलाई सतकर्ता अपनाउन आग्रह गरिएको छ । भेटेरीनरी अस्पताला तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले एक सूचना जारी गर्दै कैलाली जिल्लाको विभिन्न स्थानमा अफ्रिकन स्वाईन फिभर रोगको संक्रमण देखिएकाले किषानहरुलाई सतर्कता अपनाउन आग्रह गरीएको छ ।
भेटेरीनरी अस्पताला तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिंह खड्काले छिमेकी जिल्ला कैलालीको विभिन्न स्थानमा अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भईरहेकोले कञ्चनपुर जिल्लामा पनि किषानहरुलाई आग्रह गरिएको बताउनु भयो । यो रोग लागेपछि संक्रमित बंगुरको शतप्रतिशत मृत्यू हुने भेटेरीनरी अस्पताला तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्काले बताउनुभयो । उनका अनुसार बंगुरमा यो रोग पुष्टि भएपछि उपचारका लागि औषधी पत्ता नलागेकोले रोग नियन्त्रणका लािग रोग लाग्नबाट बच्ने उपाय अपनाउनु मात्र उत्तम उपाय हो ।
पछिल्लो समय कैलाली जिल्लामा विभिन्न स्थानका मरेका बंगुरको शव परीक्षण गर्दा अफ्रिक स्वाईन फिभर संक्रमण पुष्टि भईरहेको धनगढीस्थित पशुपन्छिी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले बताउनु भयो । कात्तिक १४ गते कैलाली जिलमा पहिलो पटक अफ्रिकन स्वाइृन फिभर रोग संक्रमण पुष्टि भएको थियो । कैलालीको भजनी नगरपालिकामा मरेको बंगुरको शव परीक्षणका क्रममा धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको थियो ।
अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले अहिलेसम्म कुनै खोप नभएका कारण नियन्त्रणका उपाय अवलम्बन गर्न आग्रह गरेको छ । प्रभावकारी उपचार अभावमा यो रोग फैलिएमा ठूलो आर्थिक क्षति गराउने भएकोले अस्वभाविक रुपमा बंगुर मरेमा तत्काल खबर गर्न बंगुर पालक किसानहरुलाई उहाले आग्रह गर्नु भयो ।
यो रोग लागेमा बंगुरलाई १०४ देखि १०७ डिग्री सम्म ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, वान्ता गर्ने, छेर्ने जस्ता लक्षण देखिने भएकाले सचेत रहन पनि सूचनामा अनुरोध गरिएको छ ।
विगतमा अफ्रिकी महादेशमा देखिएको यो रोग २०१८ मा चिन, भुटान र भारत हुँदै गत चैतमा मात्र नेपालमा देखिएको थियो । २०७९ सालको जेठ महिनामा पहिलो पटक नेपालमा देखा परेको थियो ।
१. फार्म, खोरमा जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्ने ।
२. अनावश्यक रुपमा अरुको फार्मरखोरमा नजाने, बाह्य व्यक्तिहरुलाई आफ्नो फार्ममा नल्याउने ।
३. फार्म, खोरको काम गर्दा लगाएको लुगाकपडा र जुत्ता चप्पल अरु बेला प्रयोग नगर्ने, खोरको काम सकेपछी साबुन पानीले हातखुट्टा राम्ररी धुने ।
४. रोगी बंगुर र यसको मासु ओसारपसार र विक्री वितरण नगर्ने ।
५. नियमित रुपमा फार्मरखोर वरिपरी चुना, फिनायलबाट निसंक्रमण गरि खोरलाई खाली राख्ने ।
६ .रोग देखा परेका फार्ममा भएका सम्पूर्ण बंगुर र फोहोर नष्ट गरी खोर भित्र तथा वरिपरीको वातावरणलाई निसंक्रमण गरि खोरलाई केही समय खालि राख्ने ।
७. बंगुरलाई घर वा होटलको फोहोर खानेकुरा नखुवाउने खुवाउनै परे आधा घन्टासम्म राम्ररी पकाएर मात्रै खुवाउने तथा बंगुरको मासु मिसिएको खानेकुरा नखुवाउने ।
८. मरेका बंगुर तथा बंगुर काटिएको ठाँउबाट निष्काशित मासु हाड भित्र्याँश र अन्य फोहोरहरु जथाभावी खुल्ला रुपमा वा खोलानाला तथा पानीको श्रोतमा नफाल्ने ।
९. आफुले पालेका वा अरुले पालेका सुँगुर बंगुरमा कुनै किसिमको स्वास्थ्य समस्या वा तल उल्लेखित लक्षणहरु देखा परेमा तुरन्तै नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल वा पशु रोग अन्वेषण प्रयोगशाला धनगणीमा जानकारी गराउने ।
१ एकैपटक धेरै बंगुरमा रोग देखा पर्ने र मर्ने ।
२ उच्च ज्वरो आउने, दानापानी नखाने, उभिन नसक्ने र कमजोर हुने ।
३ कान र थुतुनोको छालामा रातो वा निलो डामहरु देखिने र पछि शरिरभरी रातो हुने ।
४ नाक र गुद्दवारबाट रगत बग्ने ।
५ छिटो छिटो श्वास फेर्ने, उल्टी गर्ने र गर्भिणी बंगुर तुहिने ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।