Advertisement

बडवाल टोलमा जंगली हात्तीको आतंक, नियन्त्रणमा नगरपालिकाको प्रयास

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हात्ती प्रभावित क्षेत्र भनेर चिनिदै आएको बडुवाल टोलमा जंगली हात्तीको आतंक कायमै छ् । वर्षेनी जंगली हात्तीको आतंकबाट प्रभावित हुदै आएका दोधारा चाँदनी नगरपालिका– ३ को बडुवाल टोलमा स्थानियबासीहरुको जंगली हात्तीले गहुँवाली खाएर र उद्यनेर नष्ट गदैृ आएको छ् । सिमावर्ती भारतिय जंगलबाट दैनिक रातीको समयमा बस्ती भित्रिने जंगली हात्तीको बथानले बेलाबखत स्थानियबासीहरुको घरमा समेत ठुलो क्षती बनाउदै आएको छ् । दोधारा चाँदनी नगरपालिकाले जंगली हात्ती नियन्त्रण गर्न हर सम्भव प्रयास गर्दै आएपनि सफलता पाउन सकिरहेको छैन् । मध्यरातमा बस्ती भित्रिने हात्तीको बथानले बडुवाल टोलमा वर्षेनी झण्डै २ सय बढी घरपरिवारहरु प्रभावित बन्दै आएका छन् । अहिले आएर जंगली हात्तीले स्थानिय किसानहरुको गहुँ, उखु खेती दैनिक नष्ट गर्न थालेसंगै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु सम्मलित एक टोलीले जंगली हात्तीले गर्दै आएको क्षतीको स्थलगत अनुगमन गर्नुभएको छ् ।

टोली सशस्त्र प्रहरी बल नेपालको फोरवार्ड बेसमा पुगेर अवस्थाको बारेमा जानकारी लिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष तथा नगरप्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो । खेतमा बाली हरियो हुने बित्तिकै जंगली हात्तीको बथान बस्तीमा पसेर क्षती गर्दै आएको नगरप्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् । नगरपालिकाले हात्ती नियन्त्रणको लागी भरथेग प्रयास गर्दै जादा पनि नियन्त्रण हुन नसकेको उहाँले बताउनुभएको छ् । भारतिय जंगल संग जोडिएको बडुवाल टोलमा रातीको समय स्थानियबासीहरु हात्तीको डरले जाग्रम बस्दै आएका नगरप्रबक्ता धनाडीको भनाई रहेको छ् । नगर क्षेत्रमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व भईरहेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । स्थानिय सरकारले बस्तीमा हुदै आएको हात्ती आतंक नियन्त्रणको लागी बिभिन्न प्रकारको अभ्यास गर्दै आएपनि नियन्त्रणमा कमी नआएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

आफु निर्वाचित भएर आए संग बडुवाल टोलमा जंगली हात्तीले गर्दै आएको क्षतीको बारेमा संघिय सरकार, प्रदेश सरकार र सरोकारवाला संग पहल गर्दै आएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । बडुवाल टोलमा हात्तीको समस्या निकै गम्भिर रहेको आफुले महशुस गर्दै आएको बताउदै हात्तीको आतंक निराकरणको लागी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगााउ लगाएत सरोकारवाला संग आफुले पहल जारी रहेको उहाँले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाले बडुवाल टोलमा मानविय क्षती रोक्न, जंगल नजिक सोर्यबत्ती जडान, टर्च लाईट बितरण, सशस्त्र प्रहरी बल नेपालको फोरवार्ड बेस स्थापना लगाएत कार्य गर्दै आएको छ भने, बेलबखत हात्तीले अन्नवाली क्षती बनाएको किसानहरुलाई खाद्यान्न र नगद सहयोग समेत गर्दै आएको छ् ।

बस्तीमा भारतिय जंगलबाट बस्ती भित्रिने जंगली हात्तीको समस्या जटिल बन्दै गएको अवस्थामा मानविय क्षतीको त्रास पनि त्यत्तीकै बढेर गएको स्थानियबासीहरुको भनाई रहेको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज