कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको न्यानो कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुलाई सम्मान सहित न्योनो कपडा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार न्यानो कार्यक्रम अन्तर्गत सुक्रवार एक कार्यक्रमको बिच वडामा बसोबास गर्ने ३६ जना जेष्ठ नागरिकहरुलाई सम्मान सहित ब्लेङकेट बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् ।
बृद्धबृद्धा सबैको अभिभाबक भएकाले सबैले सम्मान गर्नुपर्ने बताउदै वडाध्यक्ष केशव खत्रीले आफुहरु निर्वाचित भएसंगै वर्षेनी वडामा बसोबास गर्ने जेष्ठ नागरिकहरुलाई सम्मान सहित जाँडोको समयमा न्यानो कपडा बितरण गर्ने कार्यक्रम संचालन गर्दै आएको वडाध्यक्ष केशव खत्रीले बताउनुभयो । चिसोवाट बृद्धबृद्धा बढी प्रभावित हुने भएकाले बृद्धबृद्धाको सम्मानका तथा उनिहरुको जिउ जिवनाको रक्षा गर्नका लागि वडा कार्यालयले प्रत्येक बर्ष चिसो मौसममा न्यानो कपडा वितरण गर्दै आएको र यस वर्ष पनि न्योनो कपडा वितरण गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् ।
जेष्ठ नागरिकको सम्मान सहित पिडामा रहेका जनताहरुलाई सहयोग गर्नुनै आफ्नो कार्यकालको प्रमुख उपलब्धी भएको उहाँले बताउनु भयो । वडा कार्यालयले बृद्धबृद्धालाई वर्षेनी सम्झेर सम्मान सहित चिसोबाट बच्न उनिहरुलाई न्यायो कपडा बितरण गर्दै आएको भन्दै स्थानियबासीहरुले वडाका जनप्रतिनिधीहरुलाई धन्यबाद दिएका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।