‘न्यायो कार्यक्रम’ अन्तर्गत ३६ जना जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो कपडा
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको न्यानो कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुलाई सम्मान सहित न्योनो कपडा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार न्यानो कार्यक्रम अन्तर्गत सुक्रवार एक कार्यक्रमको बिच वडामा बसोबास गर्ने ३६ जना जेष्ठ नागरिकहरुलाई सम्मान सहित ब्लेङकेट बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् ।
बृद्धबृद्धा सबैको अभिभाबक भएकाले सबैले सम्मान गर्नुपर्ने बताउदै वडाध्यक्ष केशव खत्रीले आफुहरु निर्वाचित भएसंगै वर्षेनी वडामा बसोबास गर्ने जेष्ठ नागरिकहरुलाई सम्मान सहित जाँडोको समयमा न्यानो कपडा बितरण गर्ने कार्यक्रम संचालन गर्दै आएको वडाध्यक्ष केशव खत्रीले बताउनुभयो । चिसोवाट बृद्धबृद्धा बढी प्रभावित हुने भएकाले बृद्धबृद्धाको सम्मानका तथा उनिहरुको...











