Advertisement

दोधारा चाँदनीमा बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम सुरु गरिएको छ् । शिक्षा युवा तथा खेलकुद शाखा दोधारा चाँदनीको आयोजनामा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका २२ वटा सामुदायिक र २० वटा संस्थागत बिद्यालयका प्रधानध्यापकहरुलाई बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम सुरु गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभएको छ् । आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले तालिमको समउद्धघाटन गर्नुभएको छ् । बालबिकास देखि कक्षा ३ सम्मका बिद्यार्थीहरुको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी बिद्यालयहरुलाई क्षमता बिकास तालिम सुरु गरिएको शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।

अपांगताको प्रकृति र व्यक्तिगत क्षमता पहिल्याएर त्यसैअनुसार बिद्यार्थीहरुको शैक्षिक योजना बनाउन सहजताको लागी प्रत्येक बिद्यालयमा बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सुरु गर्न लागिएको शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । आईतवार बिद्यालयका प्रधानध्यापक र भोली अर्थात सोमवार प्रत्येक बिद्यालयका एक–एक जना शिक्षकलाई बालबालिकाको अपांगताको प्रारम्भिक पहिचान सम्बन्धी क्षमता बिकास तालिम सुरु गरिएको उहाँले बताउनुभएको छ् । बालबालिकाको अपांगताको प्रारम्भिक पहिचानले शिक्षामा गुणस्तर सुधार ल्याउनेमा ठुलो सहयोग मिल्ने दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभएको छ् ।

अपांगताको पहिचान पश्चात उनिहरुलाई कुन प्रकारको सहयोग आवश्यक हुन्छ सोही अनुसार सहयोग गर्ने बिषयले शिक्षा सिकाईलाई सवल र सहयोग गर्ने निती रहेको वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताउनुभयो । अपांगता दश किसिममा वर्गीकरण गरिएका छन् ।

यिनहरुमा शारीरिक अपांगता, दृष्टि सम्बन्धी, सुनाई सम्बन्धी, श्रवण दृष्टिविहीन, स्वर र बोलाई सम्बन्धी, मानसिक वा मनोसामाजिक, बौद्धिक, आनुवंशिक रक्तस्राव (हेमोफिलिया) सम्बन्धी, अटिजम र बहुअपांगता रहेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज