Advertisement

भिमदत्तमा विविध कार्यक्रम सहित ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो

पप्पु गुरुङ्ग, दोधारा । आज ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, भिमदत्तनगरमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ् । भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), अपाङ्गता सेवा संघ, नेपाल नेत्रहीन संघ, सूदुरपश्चिम समावेशी अपाङ्गता संघ, नेपाल अपाङ्ग महिला संघ र शारीरिक अपाङ्गता खेलकुद प्रवद्र्धन समाज कञ्चनपुरको सह–आयोजनामा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नारा सहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो । संयुक्त राष्ट्र संघले सन् १९८१ लाई अपाङ्गता वर्ष घोषणा गरि विश्वव्यापी रुपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो । कार्यक्रममा भीमदत्त नगरपालिकाका उपमेयर तथा स्थानीय समन्वय समिति संयोजक नीलम लेखक जोशीले ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिहरुको समावेशी प्रतिनिधित्व र उनिहरुको दिगो भविष्य निर्माणका लागि भीमदत्त नगरपालिका सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक उन्नती, जिविकोपार्जन साथै हरेक क्षेत्रमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरि काम गर्दै आएको बताउनुभयो । सूदुरपश्चिम प्रदेश स्थानीय समन्वय समिति सदस्य उपेन्द्र बहादुर खडायतले नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुको सम्मानजनक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्दै आएको भएपनि अझै धेरै अपाङ्गता भएका व्यक्तिहरु शिक्षा, स्वास्थ्य, रोजगारी र पुनरस्थापनाबाट बञ्चित रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुको समावेशी प्रतिनिधित्व स्थापित गर्नका लागि सरोकारवाला संस्थाहरुले राज्यसाग वकालत गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का मानव संसाधन तथा संस्थागत विकास व्यवस्थापक बिनोद बिक्रम जैरुले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको सुनिश्चितता, उनिहरुको समावेशी प्रतिधित्व र हरेक कार्यालय तथा निकायहरुमा पहुँच स्थापनाका लागि नीति निर्माताहरुले ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो । दिवसको अवसरमा भिमदत्तनगरको संविधान चोकदेखि सुरु भएको प्रभात फेरी र्‍याली स्मारकमा पुगेपछि कार्यक्रम समापन गरिएको थियो ।

दिवसको पूर्वसन्ध्यामा संविधान चोकमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो त्यस्तै विभिन्न खेलकुद कार्यक्रमको आयोजना समेत गरिएको थियो भने खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार स्वरुप नगद साथै प्रमाण पत्र हस्तान्तरण गरिएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज