Advertisement

बेलडाँडीमा एनएनएसडब्ल्यूएद्वारा बाढीपिडितलाई खाद्यान्न सहयोग, स्थानियहरुमा खुशीयाली

दोधारा । कंचनपुरको बेलडाँडी गाउँपालिकामा बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनको सहयोग तथा बेलडाँडी गाउँपालिकाको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई झण्डै ४३ लाख बराबरको खाद्यान्न सहयोग गरिएको हो। बाढी प्रभावित परिवारहरूलाई प्रति परिवार ५० किलो मसिनो चामल, २ किलो मसुरोको दाल, ३ किलो अरहरको दाल, ५ किलो तोरीको तेल, ५ किलो चिनी, १० किलो आयोडिन युक्त नुन र पानि शुद्धिकरण किट गरि करिब ६ हजार ८ सय बराबरको सहयोग वितरण कार्य सुरू भएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले गत असार २२ गते देखि २५ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीबाट बेलडाँडी गाउँपालिकामा धेरै परिवारहरू अफ्ठ्यारोमा परेको बताउनुभयो। उहाँले भन्नुभयो, “अफ्ठ्यारोमा परेका ती परिवारहरूलाई पालिकासँगको समन्वयमा सेव द चिल्ड्रेन र एनएनएसडब्ल्यूएले तत्काल अर्थात् ७२ घण्टा भित्रै ५० लाख बराबरको गैर खाद्य सामग्री सहयोग गरेको थियो।, ती परिवारहरूलाई खाद्यन्न पनि सहयोग गर्नुपर्छ भन्ने आवश्यकता महशुस भएपछि अहिले ६ सय ३९ घर परिवारलाई झण्डै ४३ लाख बराबरको खाद्यान्न सहयोग गर्दैछौँ।” उहाँले गाउँपालिकाका बाढीग्रस्त विद्यालयका विद्यार्थीहरुको शैक्षिक सिकाई निरन्तरताका लागि १३ सय विद्यार्थीलाई झण्डै ३३ लाख बराबरको शैक्षिक सामग्री सहयोग गरिएको जानकारी दिँदै आगामी दिनमा पनि सहयोगका लागि तयार रहेको बताउनुभयो।

बेलडाँडी गाउँपालिका वडा नम्बर-०३ अध्यक्ष दुर्गा प्रसाद चौधरीले गत असारको बाढीले धेरै परिवार प्रभावित भएको बताउनुभयो। उहाँले बाढीका कारण घरको भित्ता फुटेको, भण्डारण गरिएको अन्न नष्ट भएको साथै नहर फुटेर खेतीपातीमा समेत क्षति भएको अवस्थामा प्रभावितहरूलाई राहत वितरण कार्य गरेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनलाई धन्यवाद दिनुभयो।

राहत पाएपछि बाढी प्रभावितहरूले बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कस्टकर जीवन बिताइरहेको अवस्थामा एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेनले प्रदान गरिएको सहयोगले ठूलो राहत हुने बताएका छन्।

गत असार २२ गतेदेखि २५ गतेसम्म परेको अविरल वर्षाले चौधर नदिमा पानीको सतह बढेसँगै बेलडाँडी गाउँपालिकाका तल्लो झिलमिला, झिलमिला, इमलिया, बैवाहा, ढकनिया, खैरिघाट लगायतका क्षेत्र डुबानमा परेको थियो। बाढीबाट बेलडाँडी गाउँपालिकाका ६ सय ३९ घरपरिवार प्रभावित भएको थिए।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज