Advertisement

बेलडाँडीमा एनएनएसडब्ल्यूएद्वारा बाढीपिडितलाई खाद्यान्न सहयोग, स्थानियहरुमा खुशीयाली

दोधारा । कंचनपुरको बेलडाँडी गाउँपालिकामा बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनको सहयोग तथा बेलडाँडी गाउँपालिकाको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई झण्डै ४३ लाख बराबरको खाद्यान्न सहयोग गरिएको हो। बाढी प्रभावित परिवारहरूलाई प्रति परिवार ५० किलो मसिनो चामल, २ किलो मसुरोको दाल, ३ किलो अरहरको दाल, ५ किलो तोरीको तेल, ५ किलो चिनी, १० किलो आयोडिन युक्त नुन र पानि शुद्धिकरण किट गरि करिब ६ हजार ८ सय बराबरको सहयोग वितरण कार्य सुरू भएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले गत असार २२ गते देखि २५ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीबाट बेलडाँडी गाउँपालिकामा धेरै परिवारहरू अफ्ठ्यारोमा परेको बताउनुभयो। उहाँले भन्नुभयो, “अफ्ठ्यारोमा परेका ती परिवारहरूलाई पालिकासँगको समन्वयमा सेव द चिल्ड्रेन र एनएनएसडब्ल्यूएले तत्काल अर्थात् ७२ घण्टा भित्रै ५० लाख बराबरको गैर खाद्य सामग्री सहयोग गरेको थियो।, ती परिवारहरूलाई खाद्यन्न पनि सहयोग गर्नुपर्छ भन्ने आवश्यकता महशुस भएपछि अहिले ६ सय ३९ घर परिवारलाई झण्डै ४३ लाख बराबरको खाद्यान्न सहयोग गर्दैछौँ।” उहाँले गाउँपालिकाका बाढीग्रस्त विद्यालयका विद्यार्थीहरुको शैक्षिक सिकाई निरन्तरताका लागि १३ सय विद्यार्थीलाई झण्डै ३३ लाख बराबरको शैक्षिक सामग्री सहयोग गरिएको जानकारी दिँदै आगामी दिनमा पनि सहयोगका लागि तयार रहेको बताउनुभयो।

बेलडाँडी गाउँपालिका वडा नम्बर-०३ अध्यक्ष दुर्गा प्रसाद चौधरीले गत असारको बाढीले धेरै परिवार प्रभावित भएको बताउनुभयो। उहाँले बाढीका कारण घरको भित्ता फुटेको, भण्डारण गरिएको अन्न नष्ट भएको साथै नहर फुटेर खेतीपातीमा समेत क्षति भएको अवस्थामा प्रभावितहरूलाई राहत वितरण कार्य गरेकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनलाई धन्यवाद दिनुभयो।

राहत पाएपछि बाढी प्रभावितहरूले बाढीले घर तथा खाद्यान्न क्षति भएका कारण निकै कस्टकर जीवन बिताइरहेको अवस्थामा एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेनले प्रदान गरिएको सहयोगले ठूलो राहत हुने बताएका छन्।

गत असार २२ गतेदेखि २५ गतेसम्म परेको अविरल वर्षाले चौधर नदिमा पानीको सतह बढेसँगै बेलडाँडी गाउँपालिकाका तल्लो झिलमिला, झिलमिला, इमलिया, बैवाहा, ढकनिया, खैरिघाट लगायतका क्षेत्र डुबानमा परेको थियो। बाढीबाट बेलडाँडी गाउँपालिकाका ६ सय ३९ घरपरिवार प्रभावित भएको थिए।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज