मौलिक पहिरन जगेर्ना गर्न मेची–महाकाली यात्रा
नेपाली महिलाको मौलिक पहिरन गुन्यो चोली हराउँदै गएको हुँदा गुन्यो चोलीको जर्गेना गर्ने मनसायले साहसी महिला शुशिला उप्रेती तिवारीले बुलेट मोटर साइकलमा मेची देखि महाकाली यात्रा गरेकी छन् । तिवारीले भदौं ५ गते मेचीको बुद्धशान्ति गाउँपालिका बाट बिहान ९ बजे शुरु गरेको यात्रा भदौं ९ गते महाकालीको कञ्चनपुर जिल्ला स्थित गड्डाचौकीमा नेपाली झण्डा गाडी आफ्नो यात्रा सफल पारेकी हुन् ।
उनले भनिन् ‘हाम्रो परापूर्वक काल देखि चलिआएको हाम्रो पहिरन गुन्यो चोली लोप हुन लागेकोले यसको जगेर्ना हामी सबैले गर्नु पर्छ । यसैको लागि मैले मेची देखि महाकाली सम्म गुन्यू चोलो लगाएर मेची महाकाली यात्रा गरेकी हु, हाम्रो संस्कृति हाम्रो पोसाक हाम्रो धरोहर हुन त्यसैले यसलाई जगेर्ना गर्नुको साथै सबैले प्रयोगमा ल्याउनु पर्छ ।’ झापा बुद्धशान्ति ३ बस्ने तिवारी साहसी महिलाको रुपमा चिनिन्छन् । उनले मोटरसाइकल बाट गरिने विभिन्न सा...














