Advertisement

पटरा खल्लाका बाढी पिडित २७ घरपरिवारलाई वडाध्यक्ष खत्रीको पहलमा लत्ताकपडा बितरण

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडित २७ घरपरिवारलाई लत्ताकपडा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा पटरा खल्लाका २७ घरपरिवारलाई उनिहरुलाई लगाउने लुगाकपडा बितरण गरिएको वडाध्यक्ष केशव खत्रीले जानकारी दिनुभएको छ् । वडाध्यक्ष खत्रीले आफ्नै निवासमा बाढीपिडितहरुलाई बोलाएर लगाउने लुगाकपडा बितरण गरिएको वडाध्यक्ष केशव खत्रीले बताउनुभएको छ् । काठमाण्डौं स्थित भाटभटेनी संस्थानबाट प्राप्त लत्ताकपडालाई पिडामा रहेका पटरा खल्लाका २७ घरपरिवारलाई लुगाकपडा बितरण गरिएको उहाँले बताउनुभएको छ् । यस पछि पनि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका बाढीपिडतहरुलाई खाद्यान्न बितरण गर्ने योजना रहेको उहाँले बताउनुभएको छ् । गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदीको भंगालो बस्ती पसेपछि वाढीले घरमा भएको अन्न, रासनपानी सरसमान संगै बस्तुभाउ पनि बगाईदिएपछि आफु र वालवालिकाहरुलाई ज्यान जोगाउनै समस्या परेको दोधारा चाँदनी नगरपालिका– ३, पटरा खल्लका लक्ष्मी सुनारले बताउनु भएको छ् ।

मध्यरातमा बस्तीमा पसेको जगबुडा नदीको भंगालोले सबै बगाएपछि आफुहरु एकसरो कपडामा दिन बिताउनु परेको लक्ष्मी सुनारले बताउनुभएको छ् । वडाध्यक्ष केशव खत्रीले आफु र आफ्नो घरपरिवारलाई लगाउने लुगाको ब्यवस्था गरिदिएको भन्दै वडाध्यक्ष खत्रीलाई लक्ष्मी सुनारले धन्यबाद दिनुभएको छ् । पटरा खल्लाका बाढीपिडितहरु अझै सम्म बिद्यालय आश्रय लिएर बस्दै आएका छन् । उनिहरु अझै सम्म जमुना आधारभुत बिद्यालयका आश्रय स्थल लिएर बस्दै आएका छन् । एकसरो कपडामा दिन काट्दै आएका पटरा खल्लाका अर्का स्थानिय मंगल सुनारले लगाउने लुगा पाएपछि वडाध्यक्ष केशव खत्री र काठमाण्डौं स्थित भाटभटेनी संस्थानलाई बिशेष धन्यबाद दिनुभएको छ् ।

पटरा खल्लाका घरहरु क्षती देखि खेतबारी बालुवामा परिणत भएपछि उनीहरु घर फर्किन सकेका छैनन । २७ परिवार मध्ये १६ परिवार विद्यालयमै आश्रय लिएर बसेका छन् । भने १० परिवार आफन्त र छिमेकीको घरमा बस्दै आएका छन् । अबिरल वर्षा संग जगबुडा नदीको भंगालो बस्ती पसेपछि पटरा खल्लाका वाढी पीडित अझै घर फर्किने अवस्था नभएपछि बाध्य भएर विद्यालयमै बस्नु परेको उनिहरुको भनाई रहेको छ् ।

दोधारा चाँदनी नगरपालिका नगरप्रमुख किशोर कुमार लिम्बुले पटरा खल्लाका बाढीपिडतहरुलाई बस्नको लागी ब्यवस्था गर्ने तयारी भईरहेको बताउनुभएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज