दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा पूर्वमुख्यमन्त्री रावलको अनुगमन, स्थानियहरुको पीडा सुन्दै
दोधारा । असार तेस्रो साता जोगबूढा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाकी सपना सुनार विस्थापित बनिन् । बाढीले घर भताभुङ्ग बनायो । भित्रको अन्नपात, लत्ताकपडा सबै बगायो । त्यसपछि सुनारको बास स्थानीय जमुना आधारभुत विद्यालय बनेको छ् । बाढीले विस्थापित बनेको तीन साता बित्नै लाग्दा पनि उनी अहिले पनि बस्तीमा फर्किन सकेकी छैनन् । ‘जोगबूढा नदी बस्ती पस्दा मुस्किलले ज्यान जोगायौं । घर बस्नै नमिल्ने बनेको छ् । होचो भूभाग हुदा अझै पानी जमेकै छ् । बल्ल बल्ल ज्यान जोगाए पनि घर भित्रको अन्नपात, लुगाफाटो सबै बाढीले बगायो,’ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल समक्ष गुनासो गर्दै भनिन् । नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका रावल नेतृतवको टोलीले बाढीले क्षति पुर्याएका दोधारा चाँदनी नगरपालिकाका तीन ठाँउको स्थलगत निरीक्षण गरेका छन् । सुदूरपश्चिमका पूर्व आन्तरिक म...












