पप्पु गुरुङ्ग, दोधारा । कञ्चपुरको दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते सम्म आएको अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीबाट पुर्ण प्रभावित भएका घरपरिवारलाई आईएमई मार्फत नगद रकम बितरण कार्य सुरु गरिएको छ् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए । मौसम सामान्य भए संग अन्य बिद्यालयमा आश्रय लिएर बस्दै आएका बाढीपिडित घर फर्किसकेको भएता पनि वडा नं. ३ पटरा खल्लाका ४० घरपरिवार अझै पनि जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई प्रति घरपरिवार रकम रु. १५ हजार आईएमई मार्फत नगद रकम दिने निर्णय भए अनुसार पहिलो किस्ता रकम रु. ७ हजार ५ सय बितरण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।
दुई चरणमा गरि उक्त रकम आईएमई मार्फत पुर्ण क्षती भएका घरपरिवारलाई उपलब्ध गराउन सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । यस पटक बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई सहयोग रकम उपलब्ध गराउने, अर्को पटक आंशिक क्षती भएकाहरुलाई राहत उपलब्ध गराईने दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको निर्णय भएको उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय, डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोग र सकार्यमा बाढीबाट पुर्ण क्षती भएका १ सय २ घरपरिवारलाई आईएमई मार्फत नगद रकम रकम बितरण कार्य सुरु गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् ।
उक्त रकमले बाढी प्रभावितहरुले घरको मर्मत तथा सम्भार, खाद्य सामग्री खरिद, बालबालिकाका लागि कपडा तथा शैक्षिक सामग्री खरिद लगाएतका बहुप्रयोजनामा राहत हुने उहाँले बताउनुभयो । नगद प्रवाहका लागि बाढीबाट क्षति भएका व्यक्तिहरुको सूचीमा तयार गरि दोधारा चाँदनी नगरपालिका कार्यालयबाट नाम सिफारिस भएका प्रभावित व्यक्तिको मोबाईलमा एसएमएस आउने र सोही एसएमएसको आधारमा नजिकै रहेको सृजना बचत तथा ऋण सहकारी संस्थाबाट नगद प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ् ।
अविरल वर्षा संगै जगबुडा नदी र महाकाली नदीको जलसतह बढेपछि होचा भू–भागमा रहेका दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरुका बस्तीहरु प्रभावित बनाएको हो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।