नयाँ खबर
महेन्द्रनगर – कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप सुरु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका ९ स्थित होली फेेम्ली इङ्लिस मिडियम स्कुलको प्राङ्गणमा सोमबारदेखि सञ्चालन भएको क्रिकेट प्रतियोगिताको जिल्ला क्रिकेट सङ्घ कन्चनपुरका अध्यक्ष विरेन्द्र चन्दको सभापतित्व एबं संघका सुप प्रदेश सल्लाहकार भूपाल सिंह बिष्टको प्रमुख आतिथ्यतामा होली फेम्ली राष्टिय क्रिकेट स्कुल लेभल च्याम्पियनसिपको समुदघाटन गरिएको हो ।

कार्यक्रममा विशिष्ठ अतिथि प्याब्सन कञ्चनपुर जिल्ला अध्यक्ष महादेव प्रसाद भट्ट र होली फेम्ली इंग्लिश मिडियम स्कूलका सहायक प्रिन्सिपल हरीश ठगुन्न रहेका छन् ।
उक्त कार्यक्रमको संञ्चालन जिल्ला क्रिकेट संघका सचिव विशाल सोनारले गरे ।

उदघाटन समारोहका दिन तीन खेल सम्पन्न भएका छन् । उदघाटन खेलम होली फोली इंङ्गिलय मिडियम स्कुलको विजयी भएको छ । होली फेमलीले फ्लोरिडा इन्टरनेसनल बोर्डिङ स्कूललाई ३९ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको होलिफेमली ले १०३ रन बनायो । होली फेम्लीका निरज पन्त पन्तले ४८ बलको सामना गर्दै ५४ रन बनाए ।

१०४ रनको लक्ष्य पछ्याएर व्याटिङ गरेको फ्लोरिडा ६४ रनमा प्याक भएको हो ।
सोमबार भएको दोस्रो खेलमा मर्निङ्ग ग्लोरीले नव प्रतिभालाई १९ रन ले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मर्निङ ग्लोरीले ११३ रन बनायो । मर्निङ्ग ग्लोरीका एक खेलाडीले ५३ बलमा ६१ रन बनाए । जवाफि व्यटीङमा उत्रीएको नव प्रतिभा १४.५ ओभरमा अलआउट हुदै ९४ रनमा प्याक भयो । प्रतिभाका निश्चल चन्दले २३ रन, आयुभ ओडले १८ रन बनाए पनि जितका लागि प्रयाप्त भएन । बलिङ तर्फ मनिङ्ग ग्लोरीका लागी गणेश नाथले ३ओभरमा १३ रन खर्चेर ३ विकेट लिए ।

तेस्रो खेलमा नोवेल एकेडेमीले जित दर्ता गरेको छ । नोबेल एकेडेमीले वेस्टर्न पब्लिकलाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको वेस्टने पब्लिक एकडेमीले ६१ रन बनायो । वेस्टर्नंका लागी मनोज नाथले ३६ बलमा २३ रन बनाए । ६२ रनको झिनो लक्ष्य पछ्याएको नोबेल एकेडेमीले ८.५ आवरमा १ विकेट गुमाउदै लक्ष्य भेटाएको हो । नोवेलका लागी विकेट किपर युवराज सिहले ३५ बलको सामान गर्दै ३६ रनको योगदान दिए ।

च्यामियनशिपमा १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा च्याम्पियन बन्ने टिम कञ्चनपुरको प्रतिनिधित्व गर्दै सुप स्तरीय क्रिकेट प्रतियोगिता खेल्नेछ । प्रतियोगिता असार ३ गते समापन हुनेछ । १६ टीमलाई ४ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराउँदै छ । चार टिमका विजेताले सेमीफाइनल खेल्ने छन् । सेमी फाइनल नक आउट प्रणालीमा खेलाइने आयोजकले जनाएको छ । सेमिफाइनलमा विजेता दुई टोली बीच उपाधि भिडन्त हुनेछ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।