एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक
महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियनसिप–२०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल भएका छन् ।
काठमाडौंको नेशनल स्पोर्ट्स कम्प्लेक्स, सातदोबाटोमा जेठ २३ देखि २५ गतेसम्म सञ्चालन भएको राष्ट्रिय प्रतियोगितामा पुरुष १० मिटर एयर राइफल विधामा चन्दले दोस्रो स्थान(रजत पदक) हासिल गरेका हुन् ।
नेशनल सुटिङ च्याम्पियनसिप–२०२६ मा देशका सातवटै प्रदेश तथा तीन विभागीय टोली गरी कुल १० टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा १० टिमका ४०/४० महिला पुरुष गरी ८० जनाले प्रतिस्पर्धा गरेका थिए । रहेको थियो। सुनिल चन्दले हासिल गरेको सफलता सुदूरपश्चिम प्रदेशकै लागि गौरवको विषय बनेको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका स्थायी बासिन्दा चन्दले आफ्नो प्रारम्भिक तथा माध्यमिक शिक्षा महेन्द्रनगरस्थ...











