Advertisement

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका छन् । सोमबार भएका खेलमा इन्टरनेशनल पब्लिक स्कुल, वेस्टर्न पब्लिक एकेडेमी र मर्निङ ग्लोरी सेकेन्डरी स्कुल विजयी भएका हुन् । पहिलो खेलमा ईन्टरनेशनल महेन्दनगर नमुना माविसंग ३९ रनअन्तर, दोस्रो खेलमा मर्निङ्ग ग्लोरी बैजनाथ माविसंग १४ रनअन्तर र तेस्रो खेलमा वेस्टर्न पब्लिक लक्ष्मी माविसंग ३७ रन अन्तरले विजयी भएका हुन् ।

पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इन्टरनेशनल पब्लिक स्कुलले १९ दशमलव १ ओभरमा ८२ रन बनायो । इन्टरनेशनलका लागि प्रिन्सले ३३ तथा हिमालले २२ रनको योगदान गरे । बलिङतर्फ महेन्द्रनगर नमुना माविका महेन्द्र रावतले चार ओभर बलिङ्ग गर्दै २८ रन खर्चेर ४ विकेट लिए भने सम्रराट जोशीले ४ ओभर बलिङ्ग गर्दै ३ विकेट लिए ।
८३ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको महेन्द्रनगर नमुना मावि १५ दशमलव ५ ओभरमा अलआउट हुदै ४३ रनमा समेटीएको हो । बलिङमा इन्टरनेशनलका प्रिन्स भण्डारीले ३ ओभर बलिङ्ग गर्दै २ मेडन राख्दै हेट्रिक सहित ३ विकेट लिए । प्रिन्स भण्डारी प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा टस जितेर व्याटिङ्ग रोजेको मर्निङ ग्लोरीले १९.३ ओभरमा १ सय २१ रन बनाउँदै अलआउट भयो । मर्निङ्ग ग्लोरीका लागि सार्वाधिक ३१ रन जोडेका अमुल भाट प्लेयर अफ द म्याच घोषित भए । उनले २६ बल बलिङ्ग गरेका थिए । जवाफी ब्याटिङमा उत्रिएको बैजनाथ मावि १०७ रनमा समेटियो ।

तेस्रो खेलमा टस जितेर व्याटिङ्ग रोजेको वेस्टर्नले १९.२ ओभरमा अलआउट हुदै १ सय १२ रनको लक्ष्य दिएको हो । जवाफी व्याटिङ्गमा मैदान उत्रेको लक्ष्मी मावि ११.१ ओभरमा ७३ रन बनाउदै अलआउट हुनपुग्दा वेस्टर्नले ३७ रनको जित दर्ता गरेको हो ।

प्रतियोगितामा भीमदत्तका १८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले टीमले नगद रु ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छ । उपविजेताले नगद रु ३१ हजार १ सय ११ प्राप्त गर्नेछन । त्यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान लाई जनही २ हजार ५ सय, म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ । प्रतियोगिता जेठ २३ गते समापन गरीनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

महेन्द्रनगर - कञ्चनपुरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रतिनिधित्व गर्ने भूमि समस्या समाधान संघर्ष समितिले बस्त...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका...
कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

महेन्द्रनगर – नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले जिल्लाका क्रियाशील पत्रकारहरूलाई प्रेस ज्याकेट र क्याप वितरण गरेको छ । भीमदत्त ...
अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

महेन्द्रनगर – भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
एमालेले सुदूरपश्चिमका ९ जिल्लामा इन्चार्ज तोक्यो, कञ्चनपुरको ईञ्चार्जमा राना

एमालेले सुदूरपश्चिमका ९ जिल्लामा इन्चार्ज तोक्यो, कञ्चनपुरको ईञ्चार्जमा राना

महेन्द्रनगर–नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा पार्टीका जिल्ला इन्चार्जहरू तोकेको छ । पार्टीले संगठन सुदृढीकरण, जनपरिचा...
एमालेले ताक्यो सात प्रदेशमा इन्चार्ज, सुदूरपश्चिमका इन्चार्ज भण्डारी

एमालेले ताक्यो सात प्रदेशमा इन्चार्ज, सुदूरपश्चिमका इन्चार्ज भण्डारी

महेन्द्रनगर – नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले आफ्ना २९९ केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ। पार्टीले ‘अन्तर पार्टी निर्देश...
राष्ट्रिय एकता आजको आवश्यकता : रावल

राष्ट्रिय एकता आजको आवश्यकता : रावल

धनगढी - आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा संघीय लोकतान्त्रिक गणतन्त्र दिवस–२०८३ मनाइएको छ ।   स...
भीमदत्तका १८ मावि अन्तर मावि टि-२० प्रतियोगितामा भिड्दै, प्रतियोगिताको उद्घघाटन खेल फ्लोरिडा र आयोजकबीच हुने

भीमदत्तका १८ मावि अन्तर मावि टि-२० प्रतियोगितामा भिड्दै, प्रतियोगिताको उद्घघाटन खेल फ्लोरिडा र आयोजकबीच हुने

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज