हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब
महेन्द्रनगर - कञ्चनपुरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रतिनिधित्व गर्ने भूमि समस्या समाधान संघर्ष समितिले बस्ती हटाउने सम्बन्धी सूचना तत्काल फिर्ता लिन र लालपुर्जा वितरण प्रक्रियालाई निरन्तरता दिन सरकारसँग माग गरेको छ । समितिले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाउदै प्रधानमन्त्रीसँग उक्त माग गरेका हुन् ।
भूमि समस्या समाधान संघर्ष समिति अध्यक्ष सुरेश विकको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीलाई ज्ञापनपत्र बुझाउँदै जिल्लाका विभिन्न क्षेत्रमा सार्वजनिक जग्गाको पहिचान गरी बस्ती हटाउने उद्देश्यले जारी गरिएको पत्राचारले हजारौं नागरिकमा त्रास र अन्योल सिर्जना गरेको जनाएको छ।
ज्ञापनपत्रमा दशकौंदेखि राज्यकै जानकारी, मौन स्वीकृति तथा विभिन्न निकायको उपस्थितिमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुक...












