Advertisement

कञ्चनपुरमा एक महिलाको शव भेटियो, हत्या गरीएको आशंका

महेन्द्रनगर–कञ्चनपुरमा एक महिलाको बेवारीसे अवस्थामा जंगलमा शव भेटिएको छ । शनिबार जिल्लाको भीमदत्त नगरपालिका १० तिल्केनीस्थित शान्ति सामुदायिक वनको बुन्यादल क्षेत्रमा ओडारमा अर्ध नग्न अवस्थामा अन्दाजी २५ बर्षिया युवतिको शव भेटिएको हो ।

घाँस दाउरा काट्न वन गएका स्थानीयले देखपछि प्रहरीलाई जानकारी गराएका हुन् । प्रहरीले शनिबार घटनास्थल मुचुल्का गरी शवलाई महाकाली प्रादेशिक अस्पताल ल्याएको छ ।
शवको अझै पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार जुत्ता र कपडाको सिरान बनाएर सुतेको अवस्थामा शव भेटिएको छ । शव सड्न लागेको अवस्थामा भेटिएको छ। ती युवतीको अनुहार सडि सकेको छ । शरिरका अन्य भाग पनि सडेका छन् । शरिरमा धारिलो हतियार प्रहार गरिएका चोटपटक छन् । स्थानीयले बलात्कारपछि हत्या गरी शव जङ्गलमा लगेर फालिएको हुन सक्ने आशंका गरेका छन् ।

एक साता अघि शव ल्याएर त्यहाँ राखिएको हुन सक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले वन क्षेत्रमा शव भेटिएको र त्यसको पहिचान हुन नसकेको बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शवको पहिचानका लागि महाकाली अञ्चल अस्पतालको शवगृहमा शवसंगै मृतकका कपडा र जुता पनि भएकाले पहिचान भएमा मृतकका आपन्तहरुमा सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त अन्तर मावि स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टर नेसनल भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टर नेसनल भिड्दै

महेन्द्रनगर - भीमदत्त नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय टी २० क्रिकेट प्रतियोगितामा उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टरनेश...
रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

माला भट्ट, महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय ...
लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

महेन्द्रनगर – नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले जिल्लाका क्रियाशील पत्रकारहरूलाई प्रेस ज्याकेट र क्याप वितरण गरेको छ । भीमदत्त ...
अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

महेन्द्रनगर – भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज