Advertisement

रेडियन्ट माविले मनायो रजत जयन्ती

महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशकै अग्रणी तथा प्रतिष्ठित शैक्षिक संस्था रेडियन्ट माविले रजत जयन्ती भव्यताका साथ मनाएको छ । विद्यालयले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती भव्य रूपमा मनाएको हो ।
२०५७ सालमा सिद्धनाथ विज्ञान क्याम्पसका १३ जना अनुभवी प्राध्यापक तथा शिक्षाविद्हरूको सक्रिय पहलमा स्थापना गरिएको रेडियन्ट माविले सीमित स्रोतसाधनका बीच १७ जना विद्यार्थीबाट शैक्षिक यात्रा सुरु गरेको थियो । नर्सरीदेखि कक्षा १२ सम्म पढाई गर्दै आएको विद्यालयमा करिब १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विगत २५ वर्षको अवधिमा शैक्षिक गुणस्तर, अनुशासन, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थी केन्द्रित शिक्षण प्रणालीमार्फत सुदूरपश्चिममै आफ्नो अलग पहिचान बनाउन सफल भएको छ ।
कार्यक्रममा रेडियन्ट माविबाट प्लस टु पास गरी यसवर्ष एमविविएसमा नाम निकाल्न सफल विद्यार्थी, एमविविएस डाक्टर, ईन्जिनियर बन्न सफल तथा हाल सरकारी सेवामा कार्यरत पूर्वविद्यार्थीहरुलाई सम्मान गरीएको छ ।

विद्यालयका प्रिन्सिपल त्रिभुवन कुमार भट्टका अनुसार पछिल्ला वर्षहरूमा एसईई तथा कक्षा १२ का परीक्षामा रेडियन्ट माविले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।
यस वर्षको कक्षा १२ को परीक्षामा समेत विद्यालयले देशभर उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनले बताए । रेडियन्ट माविबाट अध्ययन पूरा गरेका सयौँ विद्यार्थीहरू आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित सरकारी तथा निजी संस्था, शैक्षिक निकाय, बैंक, स्वास्थ्य, इन्जिनियरिङ, सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा सफल पेशागत जीवन बिताइरहेका छन् ।
समारोहका अवसरमा शैक्षिक योगदानकर्ताहरूको सम्मान, सांस्कृतिक कार्यक्रम, पूर्व विद्यार्थी सम्मान तथा भविष्यको शैक्षिक योजना सार्वजनिक गर्ने कार्यक्रमसमेत समावेश गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिले आगामी दिनमा प्रविधिमैत्री शिक्षण, स्मार्ट कक्षा, अनुसन्धानमुखी शिक्षण, छात्रवृत्ति कार्यक्रम विस्तार तथा उच्च शिक्षाका नयाँ कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।
२५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व, स्थानीय जनप्रतिनिधि, अभिभावक, पूर्व विद्यार्थी, शिक्षाविद् तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त अन्तर मावि स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टर नेसनल भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टर नेसनल भिड्दै

महेन्द्रनगर - भीमदत्त नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय टी २० क्रिकेट प्रतियोगितामा उपाधिका लागि मर्निङ्ग ग्लोरी र इन्टरनेश...
रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

माला भट्ट, महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय ...
लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

कञ्चनपुरमा पत्रकारलाई प्रेस ज्याकेट र क्याप वितरण

महेन्द्रनगर – नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले जिल्लाका क्रियाशील पत्रकारहरूलाई प्रेस ज्याकेट र क्याप वितरण गरेको छ । भीमदत्त ...
अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

अन्तर मावि टी–२० क्रिकेट प्रतियोगितामा शान्ति निकेतन फराकिलो रनअन्तरले विजयी

महेन्द्रनगर – भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज