Advertisement

शुक्लाफाटाका धर्मेन्द्र अण्डाबाट मनग्य आम्दानी गर्दै

महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. १ बन्शाहस्थीत चार कट्टा जमिनमा तारजालीले बार लगाएको र टिनले छाएको घरटहरा छ । घरको पुर्व र पश्चिम तिर सिमेन्टबाट बनेका ब्लक(ईटा)को भित्तो छ भने उक्त भित्ताको छेउमै पानी स्टोर गर्न हरियो रंगको ड्रम देख्न सकिन्छ ।
उक्त छानाभित्र २६ बर्षिय युवक क्रेट हातमा लिएर अण्डा टिपिरहेका हुन्छन । उनी हुन बैदेशिक रोजगारीबाट ठगिएका युवा धर्मेन्द्र राना । यसरी अण्डा टिप्न थालेको दुई बर्षभन्दा बढि भईसकेको उनी बताउछन् ।
कोरोना सकिएलगत्तै २०७७ सालतिर १२ लाख लगानीमा एक हजार ५ सय कुखुराबाट अण्डा उत्पादन व्यवसायमा लागेका उनी अहिले आधुनिक प्रविधिको खोरको उपयोग गर्दै दैनिक चार हजार अण्डा बजारमा बिक्रि गरीरहेका छन् ।
चार हजार अण्डा उत्पादन गरीरहका रानाले सुरुमा परम्परागत शैलीको खोरमा कुखुरा राखेर अण्डा उत्पादन गरेको सुनाए । मध्यम बर्गिय परिवारमा हुर्केका धर्मेन्द्र सन २०१६ तिर बैदेशिक रोगगारीको लागि मलेसिया हानिए । मेनपावर कम्पनीले राम्रो तलवको प्रलोभन देखाएता पनि भनेको जस्तो तलव र काम नपाएका धर्मेन्द्र एक बर्षमै घर फर्किनुपरेको दुखेसो पोख्छन् ।
धर्मेन्द्रले एक बर्षमै घर फर्किनु परेता संगसंगै सिप, उदेश्य र अठोठ लिएर आए । घर फर्किने बेलामा उनले मलेसियाको अण्डा उत्पादन कम्पनीमा काम गर्दै आएका मामा चितराम रानालाई भेटघाट गरे ।
त्यही १०/१५ दिनको भेटघाटको क्रममा अण्डा उत्पादनसम्बन्धी सिप सिकेका उनलाई आफुले गरेको अठोट पुरा गर्न झण्डै चार बर्ष कुर्नुप¥यो । मलेसियाबाट फर्केका रानासंग व्यवसाय गर्न लगानी नभएपछि भारतको विभिन्न शहरमा रोजगारी गरे ।
धर्मेन्द्र सायद कञ्चनपुर जिल्लामै आधुनिक(केजस्टक) प्रविधिबाट अण्डा उत्पादन गर्ने पहिलो किसान हुनुपर्छ । अबिवाहित धर्मेन्द्रले विदेशमा देखेको आधुनिक प्रविधि स्वदेशमा प्रयोग गरी बढिभन्दा बढि मुनाफा लिने पक्षमा छन् । समान्य लेखपढ गरेका रानाले अर्काको काम गर्नु भन्दा आफ्नै मातृभूमिमा आत्मनिर्भर बन्न खोजेकोे बताउनुहुन्छ ।

 

आधुनिक प्रविधिको खोर बनाउन आफुसंग भएको ९ कट्टा जमिन बन्धक राखेर झण्डै ३५ लाख लगानी गरेको उनले बताउनुभयो ।
६ महिनासम्म चल्ला पालेर १८ महिनासम्म दैनिक एक अण्डाका दरले अण्डा उत्पादन हुने गरेको उनले बताए । उनले उत्पादन गरेको अण्डा स्थानीय बजार झलारी, महेन्द्रनगर, कलवापुरदेखि अत्तरीय बजारसम्म खपत हुने गर्दछ । थोकमा प्रति अण्डा १२, १३ रुपैयामा बिक्रि वितरण गर्दै आएको बताए ।
आफुले गुणस्तरीय र स्वस्थ्य अण्डा उत्पादन गरीरहेकोले दैनिक चार हजार उत्पादन गरेरपनि बजार माग धान्न कठिन भएको उनी बताउछन् । ‘माग अनुसार उत्पादन नहुँदा खपत गर्न सकेको छैन, खासमा मेरो फर्ममा उत्पादित अण्डा गुणस्तरीय र स्वस्थ्य हुन्छ ‘उनले भने, ‘भारतबाट तस्करी भएर आउने अण्डाका कारण मूल्यमा गिरावट आउदा नेपाली अण्डा अत्पादक समस्यामा परेकाछौैँ, तस्करी रोक्न सरकारले पहलै गर्दैन ।’
तिन हतका सरकारले कृषकहरुका नाममा विभिन्न प्रकारको अनुदान दिईरहेको भएतापनि अहिलेसम्म उनले कुनै पनि प्रकारको अनुदान नलिएको उनले बताए ।
देशका तीनै तहका सरकारबाट अबौँ अनुदान लिएर काम नगर्ने भन्दा धर्मेन्द्रजस्ता मेहनती, लगनशिल र ईमान्दार किसानले अनुदान पाए कृषि क्षेत्रमा उन्नती हुनेथियो । आफ्नै जमिन बैंक, सहकारीमा बन्धक राखेर ऋण निकालेका धर्मेन्द्रलाई अनुदान कसरी पाईन्छ भन्ने कुरा आफुलाई थाहा नभएको सुनाउछन् । ‘यो मेरो पुरै निजी लगानी हो, यसमा कुनै पनि सरकारको लगानी छैन, ‘उनले भने, ‘अनुदान कहाँ कसरी पाईन्छ थाहै छैन, हामी जस्ता काम गरिखाने युवा किसानलाई कसले अनुदान दिन्छ र ?’
सरकारले दिने सहुलियत ऋण र अनुदान पाए थप लगानी गरी फर्म विस्तार गर्ने उनले बताए । घरमै सदस्यहरु व्यवसायमा जुटेकाले बाह्य जनशक्ति राख्नुपर्ने अवस्था नआएको बताउँदै उनले प्रविधिमा आउने समस्याले पनि दुख दिने गरेको बताए । धर्मेन्द्रले जिल्लामै आधुनिक केजस्टक तरिकाले अण्डा उत्पादन गर्ने कुखुरा पालनमा राज्यको ध्यान समेत नदिएको स्थानीय युवाहरुको गुनासो छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिह खडकाले जिल्लामै रानाले आधुनिक प्रविधिको खोरमा कुखुरा पालनगरी अण्डा उत्पादन गरेको बताए । ‘यसरी आफ्नै लगानीमा नयाँ प्रविधि प्रयोग गरी व्यवसायिक कुखुरा पालन गर्दै आएका किसानको कामको उचित मुल्याङकन हुन्छ, ‘उनले भने, ‘सरकारका तर्फबाट आवश्यक सहयोगका लागि हामी पनि सिफारिस गर्नेछौ ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

एयर राइफल विधामा कञ्चनपुरका चन्दले जिते रजत पदक

महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ गोबरियाका युवा सुनिल चन्दले काठमाडौंमा सम्पन्न २७औँ पुरुष राष्ट्रिय सुटिङ च्याम्पियन...
स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

स्कुल लेबल च्याम्पियनसिप सुरु, कञ्चनपुरका १६ स्कूलको सहभागिता

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा होली फेम्ली राष्टिय क्रिकेट 'स्कुल लेबल च्याम्पियनसिप सुरु ...
आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज