Advertisement

अध्यक्ष धामीको उपचारार्थ नेपाल पत्रकार महासंघ जापान शाखाको सहयोग संकलन अभियान जारी

काठमाण्डौ – नेपाल पत्रकार महासंघ शाखा कंचनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपचारार्थ नेपाल पत्रकार महासंघ जापान शाखाले सहयोग संकलन अभियान संचालन गरेको छ । जटिल प्राणघातक क्यान्सर रोग देखिएर भारतको राजधानी नयाँ स्थित रोहिणीमा रहेको राजीवगान्धी क्यान्सर अस्पतालमा उपचाररत धामिको उपचारमा आर्थिक सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको जापान शाखा सदस्य भवानी भट्टले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ जापान शाखामा आवद्ध सदस्य पत्रकारहरु र अन्य ब्यक्तिहरुलाइ आर्थिक सहयोगको लागि आग्रह गरिएकोमा आर्थिक सहयोग संकलन भइरहेको उहाँले बताउनु भएको छ ।
कंचनपुर शाखा अध्यक्ष धामिको उपचारार्थ सहयोग संकलन अभियान नोभेम्बर १९ तारिख बुधवार सम्म अर्थात मंसिर ३ गते सम्म संचालन गरिने जापान शाखा अध्यक्ष शान्त पहरिले बताउनु भएको छ ।
ूसबैलाइ सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेका छौँ,ू उहाँले भन्नू भयो,ूसहयोग संकलन हुनेक्रम जारी रहेको छ , संकलित रकम नोभेम्बर २० तारिकमा नेपाल पठाउन्छौ ।ू
कंचनपुर शाखा अध्यक्ष धामीको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले नेपाल पत्रकार महासंघ जापान शाखाले जुन अभियान चलाएको छ, उक्त अभियान धेरै सराहनिय र प्रशंसनीय कार्य भएको नेपाल पत्रकार महासंघ कंचनपुर शाखाका पुर्व अध्यक्ष लक्ष्मण तिवारीले बताउनु भएको छ । सबैको थोरै सहयोगले कसैको जीवन र परिवारको भबिष्यब सुरक्षित हुन्छ भने सहयोग गर्न पछि नहटौ भन्ने उद्देश्यका साथ चालेको अभियान स्वागत योग्य रहेको उहाँको भनाइ छ ।
नेपालमा कुनै समस्या पर्दा होस वा घटना दुर्घटना र बिरामी पर्दा होस ,प्रवासमा रहेका नेपालहरुले हरेक समयमा साथ दिदै आएको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघका देश बिदेशमा रहेका अन्य शाखाहरु लगायत सम्पुर्ण ब्यक्तित्वहरुलाइ सक्दो सहयोगको लागि उहाँले आग्रह समेत गर्नु भएको छ ।
शाखा अध्यक्ष धामी पहिलो चरणको काठमाण्डौ स्थित मेडिकल कलेजमा पाचन प्रकिया सम्बन्धी ट्यूमरको अप्रेसन पश्चात् दोश्रो चरणमा भारतको नयाँ दिल्ली स्थित राजिब गान्धि क्यान्सर अस्पतालमा प्राणघातक क्यान्सर रोगको उपचार गराइरहनु भएको छ ।
नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले अध्यक्ष धामीलाई क्यान्सर संक्रमण देखिएपछि लामो समय उपचार गराउनु पर्ने र परिवारले मात्रै उपचार खर्च धान्न नसक्ने भएपछी सहयोग संकलन अभियान संचालन गरेको छ । शाखा अध्यक्ष धामीको उपचारको लागि नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले सक्दो आर्थिक सहयोग गरिदिन सबैलाइ अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज