नयाँ खबर
अछाम–अछाममा महिनावारी बार्न त्रिपाल मुनि सुतेकी एक महिलासहित बालिकाको ढुंगा लागेर मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला निरन्तरको बर्षासंगै माथि भिरबाट ढुङ्गा खस्दा ३५ वर्षीया निमा देवी जैसी र ७ वर्षीया बालिका कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घट्ना विहान ३ बजेतिर घटेको हो ।
उनीहरुसँगै सुतेकी मृतक बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भिर घाइते छन् । उनलाई उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको त्यहाबाट पनि रेफरी गरी सुर्खेत पठाईएको छ । पञ्चदेवल विनायक नगरपालिका–८ का वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार महिनावारी बार्न भनेर रत्ना भण्डारी, निमा देवि जैसी घरभन्दा माथि त्रिपालमा सुतेको र माथि अलि भिरपाखो भएकोले माथिबाट खसेको ढुङ्गा लागेर घट्ना घटेको हो । दुवै जना विगत ४ दिनदेखि छाउ वार्न त्रिपालमुनि सुत्दै आएका थिए । रत्नाकी सात वर्षीया छोरी कविता भने आमाको माया लागेको भन्दै सँगै सुतेकी थिइन् । रत्ना भण्डारीको स्थायी घर मंगलसेन भएपनि माईतिको जमिन कमाउन गत बैशाख देखि छोरीसहित माईतमै बस्दै आएकी थिईन् । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।