सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाइँदै
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ। गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ। बर्तालु महिलाले बिरुडापञ्चमी अर्थात् हिजो अर्थात बिहीबार पहिलो दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए।
आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ। साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ। बिरुडाले नै गौरादेवीको पूजाआजाका गरिनुका साथै बारीमा फलेका विभिन्न फलफूल चढाउने प्रचलन छ।
पौराणिककालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवको प्राप्ति भएको विश्वास गरिन्छ। त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको ...













