Advertisement

कञ्चनपुरमा निजी विद्यालय संचालकको आन्दोलनलाई सत्ताधारी दलहरुको ऐक्यवद्धता

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा निजि विद्यालय संञ्चालकहरुको आन्दोलनलाई सत्तारुढ दलहरुले ऐक्यवद्धता जनाएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले कञ्चनपुरका तर्फबाट आन्दोलनको क्रममा गरीएको बृहत अन्तरक्रिया कार्यक्रममा सहभागि भएका क्रमश उप सभापति मिन बहादुर सिंह र उपाध्यक्ष जनकराज अवस्थीले निजी विद्यालयका संचालकहरुले गरिरहेको आन्दोलनमा साथ सर्मथन एव ऐक्यबद्धता जनाएका हुन ।

निजी विद्यालयका संचालकहरुले सरकारद्धारा ल्याएको विद्यालय शिक्षा ऐन संशोधनको माग राखि गरेको आन्दोलनलाई नेपाली काँग्रेस जिल्ला उपसभापति मिन बहादुर सिहले समग्र शिक्षा क्षेत्र तहसनहर गर्ने हिसाबले ल्याएको ऐन प्रभावकारी नहुने भन्दै खारेजीको माग अघि सारेका छन । उपसभापति सिहले पाटीका तर्फबाट आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै समितिमा केही सदस्यलाई लिएर दृष्टिविहीनले हात्तीलाई छामेको कथा सुनाउँदै त्यसरी विधेयकमा त्यस्ता प्रावधान समावेश गरिएको कटाक्ष गरे । सरोकारवालासित छलफल नगरी उनीहरुको कुरा नसुनेर विधेयक बनाएकाले पास हुनै नसक्ने उप सभापति सिहले दाबी गरे । ‘कसका लागि बनाउने, अमुक व्यक्तिका मुख हेरेर बनाउनलेले राज्य सञ्चालन गर्न सक्दैन’ उनले भने  ‘विधेयकलाई दिएर सामुदायिक शिक्षकहरु असन्तुष्ट भएर लामो समयदेखि आन्दोलनमा छन्, व्यक्तिगत रुपमा मात्रै नभएर काँग्रेस कञ्चनपुरका तर्फबाट निजी विद्यालयको आन्दोलनमा ऐक्यवद्धता छ।’

 

नेकपा एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थीले ऐक्यबद्धता जाहेर गर्दै निजी विद्यालय संञ्चालकले अघि सारेको मागहरु जायज भएको बताए । उपाध्यक्ष अवस्थीले कम्पनीमा दर्ता गरी नाफा नकमाउने कुरा खेतमा मल हाल, सिँचाई पनि गर, श्रम पनि गर, बिउ पनि छर तर अन्तिममा बाली काट्न पाउँदैनौ भन्ने जस्तै मुर्खतापूर्ण कार्य भएको बताए ।
राज्यले गुठीमा दर्ता भएका संघ संस्थाहरुमा लगानी गरी राजनीति गरि रहेको र कम्पनीमा दर्ता भएकाले नाफा नकमाउन भन्ने कुरा विश्वास गर्न लायक नभएको उनले बताए । कम्पनी भनेको लगानी गर्ने र नाफा कमाउने भन्ने भएको उल्लेख गर्दै उनले विधेयकमा नाफा कमाउनु हुँदैन भन्ने बाक्यांश राखिएको छ भने राज्यले सच्याउनु पर्नेमा जोड दिए । समितिमा व्यक्तिको प्रभावले विधेयकमा यो प्रावधान आएको त्यसमा छलफल गरी हल गर्न सकिनेमा कुनै समस्या नहुने अवस्थीले बताए । ‘यो कुरा राख्नु नहुने, राखिएको छ भने यसमा करेक्सनका लागि सहयोग हुन्छ, हामी हाम्रो पार्टीबाट यसमा ऐक्यवद्धता जनाउन चाहन्छौ’ उनले भने  ‘नाफा कमाई सकेपछि छात्रबृत्ति दिनु पर्ने भन्ने कुरा त्यति ठूलो नभए पनि कम्पनीमा दर्ता गरी नाफा कमाउन हुँदैन भन्ने अमिल्दो हो ।’

भीमदत्त नगरपालिका समाजिक विकास समितिका सभापति शुशिल भट्टले ऐनले निजी र सरकारी दुवैतर्फ कलह उत्पन्न गराएको उल्लेख गर्दै कर्मचारीतन्त्रका कारण यस्तो विधेयक आएको चर्चा गरे ।
कार्यक्रममा सुदूरपश्चिम नीति तथा योजना आयोग सदस्य डा। हिरा चन्द, भीमदत्त नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सुशिल कुमार भट्ट, नेपाल शिक्षक महासंघका केन्द्रीय सचिव बिर्ख बहादुर मल्ल, राहत शिक्षक संघर्ष समितिका केन्द्रीय अध्यक्ष नविन सिह धामी, वरिष्ठ समाजसेवी लिलाध्वज वस्नेत, धुमपान निषेधका अभियन्ता मदन बहादुर चन्द, नेपाल शिक्षक महासंघ कञ्चनपुरका सचिव जगदीश प्रसाद जोशी, नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष उत्तम विष्ट , कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी लगायतले मन्तव्य राखे ।

प्याब्सन कञ्चनपुर अध्यक्ष महादेब भट्ट र एन प्याब्सन कञ्चनपुर अध्यक्ष सत्येश बहादुर चन्दले कार्यक्रममा अध्यक्षता गरे । प्याब्सन अध्यक्ष भट्टले स्वागत र एन प्याब्सन अध्यक्ष चन्दले कार्यक्रम समापन गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज