नयाँ खबर
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका ७ सुडास्थित राधाकृष्ण मन्दिरमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरतीको आयोजना हुने भएको छ । सुडाचोकबाट उत्तरमा एक सय मिटर दुरिमा रहेको उक्त उक्त मन्दिर प्राङगणमा सावन १३ गतेदेखी १९ गतेसम्म श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरतीको आयोजना हुने भएको हो ।

शुक्रबार सप्ताह ज्ञान महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको छ । परमपुज्य महाराज सरल कथा वाचक पं. विष्णु प्रपन्नाचार्य (प्रमोद पौडेल) का मुखार बिन्दबाट संगीतमय श्रीमद्भागवत कथा प्रवचन गरिने राधाकृष्ण मन्दिर समिति तथा यज्ञ मूल आयोजक समितिका अध्यक्ष भुवन अर्यालले बताए ।

धार्मिक सदभाव कायम गर्न, जिर्ण रहेको मन्दिरको समग्र विकासका लागि अक्षयकोष स्थापनार्थ महायज्ञको आयोजना गरीएको उनले बताए । राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकासार्थ तथा कोष निर्माणार्थ आयोजित कार्यक्रममा उपस्थित भई आध्यात्म लाभ लिन र श्रृंगारिक महाआरती, १००८ शालिग्राम पुजन तथा परिक्रमा, रुद्रीपाठ, तुलादान, धनधान्याञ्चल हुने भएकोले उक्त कार्यक्रममा उपस्थित भई पुण्यलाभ लिन अबैमा हार्दिक आमन्त्रण गरे ।

कार्यक्रमका सहसंयोजक नरेश भट्टले तुला दान, अन्नदान, पृतीदान, धनधान्याञ्चल, . ब्राह्मण भोजन, प्रसाद वितरण, आरती सेवालगायतका कार्यक्रम रहेको बताउनु भयो । यसैगरी विशेष रुद्री शान्ति पाठ, ब्रतबन्ध (उपनयन संस्कार) मा सहभागी हुन चाहेमा गर्न पाइने बताए ।
विगतमा पनि मन्दिरमा महायज्ञको आयोजना गरिएको र अहिले पनि मन्दिरको भौतिक विकास गर्न यज्ञ कार्यक्रमको आयोजना गरिएको उनले बताए । सावन १३ गते मंगलबार विहान ८ बजेदेखी शुभ कलशयात्राको आयोजना गरिएको र त्यसमा सहभागी भइ पुन्यको लाभ लिन सबैलाइ आग्रह गरिएको छ ।
दैनिक बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म बैदिक पूजापाठ, बिहान ७ः०० बजेदेखी ११ः०० बजेसम्म मूल पाठ पारायण तथा रुद्रीपाठ, दिउसो १ः०० बजेदेखि ५ः०० बजेसम्म श्रीमद्भभागवत संगीतमय कथा प्रवचन बेलुका ६ः०० बजेदेखि ७ः०० बजेसम्म बाल संस्कार कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यसैगरी, बेलुका ७ः०० बजेदेखि ८ः०० बजेसम्म श्रृंगारिक महाआरती बेलुका ८ः०० बजेदेखि १०ः०० बजेसम्म महात्म्य कथा, झाँकी, भजन कृर्तन । २०८२ साउन १९ गते पूर्णाहुती, यज्ञ विर्सजनका साथै प्रसाद वितरणको कार्यक्रम रहेनेछ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।