
नेपाली राजनीति र जनताको सवाल
- प्रेमचन्द्र झा नेपाल जसले राजतन्त्रदेखि गणतन्त्रसम्मको राजनीतिक यात्रा तय गरिसकेको छ, त्यहाँ जनताको जीवनस्तर उकास्ने, भ्रष्टाचारको अन्त्य गर्ने, तथा सामाजिक न्याय सुनिश्चित गर्ने अपेक्षा स्वाभाविक हो। तर, जब सत्तामा पुग्नेहरूकै प्राथमिकता ‘जनता’ नभई ‘सत्ता’ बन्छ, तब देशलाई विकासको मार्गमा लैजानु सपना जस्तै हुन्छ। हालको परिस्थिति हेर्दा स्पष्ट देखिन्छ कि नेपाली राजनीति एक गहिरो संक्रमणकालीन मोडमा पुगेको छ, जहाँ कांग्रेस र एमालेजस्ता दलहरू सत्ता प्राप्तिमा तल्लीन छन्, तर जनताको अवस्था कहालीलाग्दो छ। यस्तो अवस्थामा सुशासन, सामाजिक न्याय, र नागरिक चेतनाको भूमिका झनै महत्वपूर्ण बनेको छ। विगतका वर्षहरूमा देखिएको प्रमुख राजनीतिक विकृति भनेकै सत्ता प्राप्तिको लागि अस्वाभाविक गठबन्धन हो। कांग्रेस र एमाले जस्ता परस्परविरोधी विचारधाराका पार्टीहरू जब केवल सत्ताको लागि हातेमालो गर्छन्, तब त्यो गठबन्...