मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न
महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र दैजी सेवा केन्द्रको संयुक्त रुपमा संस्थाका अध्यक्ष रघुनाथ ओझाको अध्यक्षता एबं जेष्ठ शेयर सदस्य हिरा देवी जोशीको प्रमुख आतिथ्यतामा १३औं साधारण सभा सम्पन्न गरिएको हो । ब्रह्मदेव, दोधारा सेवा केन्द्रको बुधबार र धनगढी, बेलौरी सेवाकेन्द्रको साधारण सभा शनिबार सम्पन्न गरिएको थियो ।
साधारण सभामा बार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष रघुनाथ ओझाले प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाको शेयर पूँजी ४१ लाख ६१ हजार एक सय रुपैयाँले बढेर ७ करोड ३७ लाख ८३ हजार एक सय रुपैयाँ पुगेको छ । सहकारीको संस्थागत पूँजी ५ करोड ३९ हजार ६ सय ३७ रुपैयाँ रहेको छ । निक्षेपमा पनि सहकारीले प्रगति गरेको देखिएको छ । प्रतिवेदनमा अघिल्लो वर्षको निक्षेपभन्दा झण्डै ५ क...












