कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै
महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्र्तगत गतबर्षबाट समयमा सदस्यता नविकरण गर्ने सदस्यको एक लाखको दुर्घट्ना विमा निशुल्क गर्दै आएको छ । यस बर्ष समयमा नविकरण गर्ने सदस्यको निशुल्करुपमा दुई लाख सम्मको दुर्घट्ना विमा गरीने भएको हो ।
व्यवसायीको हकहितमा आवाज उठाउदै संघले बीमा गर्नका लागि बीमा कम्पनी छनौट प्रक्रिया सुरु गरेको सचिव राहुल भट्टले बताए । उनले किफाईती र संघको उदेश्यसित मेल खाने कम्पनी छनौटका लागि कोटेसन आव्हान गरिएको बताए ।
बाणिज्य संघमा बुधबार आयोजित कार्यक्रममा दुई लाखको बीमा गर्ने तयारीबारे जानकारी दिइएको छ ।
संघका अध्यक्ष दिनेश मल्ल, वरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकाश साउद, उद्योग उपाध्यक्ष तेज बहादुर चन्द, सचिव् राहुल भट्ट, सह सचिव एनपी जोशी सह...












