आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण
महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै आएका छन्। पन्तले वैदिक विधिबाट दलित बस्तीमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत चार सयभन्दा बढी धार्मिक कर्मकाण्ड गरेर सांस्कृतिक कुरीति हटाउने अभियान थालेका हुन्।
दलित बस्तीमा धार्मिक कुरीति हटाउन पन्तले अहिलेसम्म ३७ वटा सप्ताह, २३ वटा शिवपुराण, २८७ वटा लघुरुद्राभिषेक १८१ महारुद्राभिषेक, न्वारन, व्रतबन्ध, विवाह, ६७५ सत्यनारायण पूजन, ५८३ ग्रह शान्ति, २९ शतचण्डी, ५५ अखण्ड रामायण लगायतका ४ सय एघार ४११ भन्दा बढी कर्मकाण्ड गरिसकेको बताए।
जिल्लाको प्रसिद्ध श्री वनारसीधाम विश्व नाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका राजज्योतिषी पण्डित पन्तले यसअघि सांस्कृतिक कुरीति हटाउन आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि सम...














