इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग
महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् ।
इन्धनमा अत्यधिक मूल्यवृद्धि भएका कारण निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै निर्माण व्यवसायीले आपतकाल घोषणाको माग गरेका हुन् ।
निर्माण व्यवसायी संघ कञ्चनपुरले विज्ञप्ति जारी गर्दै निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । इन्धनमा तथा निर्माण कार्यमा प्रयोग हुने बिटुमिन, सिमेण्ट, छड लगायतका निर्माण सामग्रीमा समेत निरन्तरको मूल्य वृद्धि र बजारमा उक्त सामग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको उल्लेख गर्दै निर्माण व्यवसायीलाई राहत दिन सरकार सँग जोडदार माग गरिएको छ ।
संघका महासचिव देविदत्त भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्माण समाग्रीको अत्यधिक मूल्यवृद्धि भए पनि राष्ट्र बैंकको इन्डेक्समा उक्त स...











