Advertisement

Day: ४ चैत्र २०८२, बुधबार

जोगबुडा प्रादेशिक अस्पतालले खुलायो २९ जनाका लागि आवेदन

जोगबुडा प्रादेशिक अस्पतालले खुलायो २९ जनाका लागि आवेदन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश अन्तर्गत जोगबुडा प्रादेशिक अस्पतालले विभिन्न पदका लागि आवेदन माग गरेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि करार सेवामा पदपूर्ति गर्न अस्पतालले खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन माग गरेको हो । सूचना अनुसार मेडिकल अधिकृत(आठौं तह) पदमा ४ जना माग गरिएको छ। यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, हेल्थ असिस्टेन्ट(पाँचौं तह) ५ जना, स्टाफ नर्स(पाँचौं तह) १२ जना, फार्मेसी सहायक २ जना, ल्याब टेक्निसियन ३ जना, रेडियोग्राफर १ जना तथा कम्प्युटर अपरेटर २ जनाको माग माग गरेको छ । यी सबै पदका लागि सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको नियमअनुसार योग्यता पुगेको हुनुपर्नेछ। आवेदन दिने उम्मेदवारको उमेर सहायक स्तरका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको तथा अधिकृत स्तरका ...
कञ्चनपुरबाट प्रतिनिधिसभामा ७ जनाको प्रतिनिधित्व

कञ्चनपुरबाट प्रतिनिधिसभामा ७ जनाको प्रतिनिधित्व

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाबाट प्रतिनिधि सभामा ७ जनाले प्रतिनिधित्व गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार चार जना समानुपातिक प्रक्रियाबाट मनोनित भएसंगै प्रतिनिधि सभामा ७ जनाको प्रतिनिधित्व हुने भएको हो । आयोगका अनुसार प्रतिभा रावल, गीता चौधरी, निराशा चौधरी डगौरा र कृपाराम राना समानुपातिक प्रणालीअनुसार निर्वाचाचित भएका छन् । उनीहरुमध्य रास्वपाबाट प्रतिभा र गीता, एमालेबाट कृपाराम तथा नेकपाबाट निराशा रहेका छन् । तिन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरका तिन वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारहरु विजयी भएका हुन् । जिल्लामा निर्वाचन क्षेत्र नं. १ बाट जनसिंह धामी, क्षेत्र नं. २मा दीपक बोहरा र क्षेत्र नं. ३मा ज्ञानेन्द्र महताले ऐतिहासिक जित निकालेका छन् ।...
कञ्चनपुरमा आमाको हत्या !

कञ्चनपुरमा आमाको हत्या !

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लामा डरलाग्दो घट्ना घटेको छ । जिल्लाको दोधाराचाँदनी नगरपालिका ४ सुर्खेती टोलमा छोराले आमाको हत्या गरी फरार भएका छन् । मंगलबार साँझ सुर्खेती टोलका हरिप्रसाद श्रेष्ठले घरायसी विवादका कारण धारिलो हतियार प्रहार गरी सौतेनी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । सौतेन आमाको हत्यामा संलग्न रहेका श्रेष्ठ फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार श्रेष्ठको तिव्र खोजी कार्य भईरहेको छ । उक्त घटनामा अन्दाजी ५४ वर्षीया भगवतीदेवी माँझी गम्भीर घाइते भएकी छन् । घाइते माँझीलाई दोधाराचाँदनी नगर अस्पतालमा प्रारम्भिक उपचारपछि महाकाली प्रादेशिक अस्पतालमा उपचार भईरहको छ । महाकाली अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार घरायसी विवादका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज