डा. दीपक प्रकाश भट्टले मतदातालाई के दिए र अव के दिन सक्छन् ?
महेन्द्रनगर – २०७४को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट पहिलोपटक सांसद बनेका डा. दिपक प्रकाश भट्ट २०७९ को निर्वाचनमा मतदान गरेपनि उमेदवार बनेनन् । बौद्धिक व्याक्तित्वका कारण पहिलो प्रयासमै सांसद बन्न सफल भएका उनले पाँच बर्षको कार्यकालमा सांसदमा नीति निर्माण गर्नेदेखि जिल्लाको भौतिक पूर्वाधार निर्माण र कोरोना महामारीको डटेर सामाना गरे ।
उनले महाकाली अञ्चल अस्पताललाई टिचिङ हस्पिटल बनाउने सपना देखे र मतदातालाई उक्त सपना देखाए पनि । उक्त कार्य अझै पनि अधुरो रहेको तर त्यसका लागि स्पष्ट निति निर्माण भईसकेको कुरा डा. दिपक प्रकाश भट्टले सुनाए । महाकाली अस्पताललाई नीति र कानुन अभावका कारण प्रतिबद्धता गरेजस्तो शिक्षण अस्पताल बनाउन सफल नभएता पनि अस्पतालको सुविधामा भने कायापलट भएको देख्न सकिन्छ । दोधाराचाँदनी स्वास्थ्य केन्द्रको सुधार गरी नगरस्तरीय अस्पताल बन...












