जग्गा फिर्ताको मागसहित आरक्षपिडित जिल्ला प्रशासनअगाडि टहरा बनाएर रिले अनसनमा
महेन्द्रनगर–जग्गा फिर्ताको मागसिहित आरक्षपिडित जिल्ला प्रशासन आगाडि टहरा बनाएर धर्नामा बसेका छन् । विक्रम संम्बद २०५८ सालमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज निर्माणको क्रममा विस्थापित भएका आरक्षपिडित पुर्नस्थापना अर्थात जग्गा फिर्ताको मागसहित सोमबारदेखि जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि घरटरहरा बनाई रिलेअनसनमा बसेका हुन् । ढक्का सिविरमा बस्दै आएका झण्डै अढाईसय परिवार लालाबालासहित जिल्ला प्रशासन अगाडि अस्थायी टहरा बनाई बसेका छन् ।
सरकारले पुर्नस्थापना गर्न नसक्ने, खाली जमिन भएको क्षेत्रमा बस्दा प्रहरी प्रशासनको दुरुपयोग गरी उठाउने कार्य गर्ने भएकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मुल गेट अगाडी टहरा बनाई बसेको उनीहरुले दुखेसे पोखेका छन् ।
सोमबार छठको सार्वजनिक विदा भएकाले आरक्षपीडित र स्थानीय प्रशासनविच वार्ता हुन सकेको छैन् । यहि ५ कार्तिक(बुधबार) कृष्णपुर नगरपालिका १ जयशंकर सामुदा...












