नेपालमा नयाँ पुस्ताको नेतृत्व माग
– प्रेमचन्द्र झा
नेपालको राजनीतिमा दशकौंदेखि जरा गाडेका नेताहरू—शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’—अझै पनि राजनीतिको केन्द्रमा छन्। यिनै नेताहरू नेतृत्वमा रहँदा देशले लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशी राजनीतिको अभ्यास गरेको भए पनि, आजको दिनमा उनीहरूमाथि तीव्र आलोचना हुन थालेको छ। नयाँ पुस्ता, विशेष गरी “जेन जेड” वा अहिलेको जागरुक युवा पुस्ताले ती नेताहरूको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरूका अनुसार, यी नेताहरूले नेपालमा सुदृढ लोकतन्त्र विकास गर्न असफल भएका छन्, जनताको चाहनाअनुसार शासन सञ्चालन गर्न सकेका छैनन्, र भ्रष्टाचार, स्वार्थ र सत्ताको लोभमा पुराना संरचनालाई जोगाइरहेका छन्।
जेनजि आन्दोलन ९न्भल(श् ःयखझभलत० एक स्वतःस्फूर्त र डिजिटल युगको आन्दोलन हो जसमा युवाहरूले सामाजिक सञ्जाल, सडक प्रदर्शन र साङ्गठनिक दबाबमार्फत परिवर्...














